
दुर्गा प्रसाद शर्मा,काठमाण्डौ। पर्वतको कुस्मा नगरपालिका वडा नं १३ खौलालाँकुरीबाट काठमाण्डौमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले खौलालाँकुरी– काठमाण्डौसम्पर्क समाज गठन गरिएको छ ।
खौलालाँकुरीबाट काठमाण्डौमा आई विभिन्न पेशा ब्यबसायमा संलग्न भएकाहरुको शनिबार सम्पन्न भेलाले युबराज पौडेलको अध्यक्षतामा खौलालाँकुरी काठमाण्डौ सम्पर्क समाज गठन गरेको हो ।
खौलाबाट काठमाण्डौमा आइ बसोबास गरेका खौलाबासीको हित तथा खौलालाँकुरीको आर्थिक तथा सामाजिक विकासका लागि पहल गर्ने उद्देश्यले सम्पर्क समाज गठन गरिएको हो ।
तर्दथ समितिको रुपमा गठन गरिएको समितिको सचिवमा टिका कार्की, कोषाध्यक्षमा लोकराज सुवेदी रहनुभएको छ ।
समितिका सदस्यहरुमा किर्तिनाथ सुवेदी, झलक चालिसे, होमनाथ सुवेदी, कुलप्रसाद चालिसे, निलकण्ठ चालिसे, खगेन्द्र सुवेदी, रामचन्द्र सुवेदी, अनिल सुवेदी, अमृत सुवेदी, सन्तोष सुवेदी, अर्जुन सुवेदी, यज्ञप्रसाद सुवेदी, कुलबहादुर क्षेत्री , दिपेन्द्र चालिसे लगायत रहनुभएको छ ।
समाजको कानुनी सल्लाहकारमा हिराबहादुर कार्की रहनुभएको छ। समाजले बृहत भेला आयोजना गरेर समाजलाई ब्यबस्थित बनाउने तथा खौलालाँकुरीको आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा सहयोग पु¥याउनका लागि सरकारी तथा गैह्र सरकारी क्षेत्र संग समन्वय र पहल गर्ने अध्यक्ष युवराज पौडेलले जानकारी दिनुभयो ।