SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/९/६ गते
    ५५५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले कुनै धर्मलाई विरोध नगरेको बताएका छन् । उनले आफूले संविधानलाई मानेर र संविधानले दिएको अधिकार प्रयोग गरेर जनतालाई उनीहरुको अधिकारको बारेमा जानकारी गराएको बताए । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नो अभिव्यक्ति संविधानकै परिधिमा रहेको र त्यसैको आधारमा राजीनामा दिनुपर्ने कुनै कारण नरहेको बताएका हुन् ।‘तामो तुलसो गर्न पनि म तयार छु । जीवनभन्दा प्यारो केही हुँदैन, म फाँसीमा झुण्डिन पनि तयार छु । तर, मैले गल्ती बोलेकै छैन । संविधानकै आधारमै बोलेको छु,’– उनले भने ।

    आफूले धर्मको राजनीति नगरेको उनको स्पष्टोक्ति छ । बल्खुमा आएर धर्मको आडमा राजा ल्याउँ भन्दै आन्दोलन गर्नेहरुले मात्रै धर्मको राजनीति गरेको उनको दाबी छ । आफू कानुनी राज्यको पक्षमा रहेको र कानुन विपरितको काम गर्नेलाई राज्यले कारबाहीको दायरामा ल्याउने उनको दाबी छ । उनले राज्यले कानुव विपरित काम गर्नेहरु मिटरब्याजी, नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न, सुन काण्डका दोषी लगायत अन्य विभिन्न काण्डमा मुछिएकाहरुलाई कारबाही गरेको बताउँदै धर्मको बहु भाषिक, बहुधार्मिक र बहुसांस्कृतिक देशमा कसैको अधिकार हनन् भएमा राज्यले नछोड्ने बताए ।

    राजावादीहरुले राजा ल्याउने नारायणहिटीमा राख्ने र एउटा जाति एउटा देश, एउटा भाषा एउटा भेषको नारा लगाउने गरेको उनको दाबी छ । उक्त कुरा नेपाली जनतालाई स्वीकार्य छ नहुनेसमेत उनले बताए । आफू जनताको पक्षमा रहेको दाबी गर्दै उनले राजा ल्याउनका निम्ति धर्मको प्रचार गर्ने, धर्मको लडाईँ लडाउने जस्ता कार्यहरु स्वीकार्य नहुने बताए ।आफूले सबै धर्म र सम्प्रदायलाई सम्मान गरेको उनको भनाई छ । आफूले कसैलाई विभेद नगरेको उनले बताए । आफ्नो विरुद्ध आन्दोलनमा उत्रिएका मान्छेहरु अराजकमात्रै रहेको र कुनै न कुनै समयमा बदनाम भएका पात्रहरु रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं