SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/३१ गते
    ८१४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।  पर्वत  स्पोर्टस् हाउस कुश्माको आयोजनामा खुल्ला तथा सि लेभल पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता पर्वत मोदीकाली ब्याडमिन्टन संघको कभर्डहल बडागाउँमा आगामी भाद्र ८ र ९ गते हुने भएको छ ।

    जिल्ला खेलकुद विकास समिति, पर्वत र पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माको सह आयोजनामा राष्ट्रिय गरिमा र सामाजिक रुपान्तरणका लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगीता हुन लागेको हो । प्रतियोगितामा खुला तर्फ नेपालमा २० रयांकि भित्रका खेलाडी बाहेकका खेलाडीहरु उक्त प्रतियोगितामा सहभागि हुन पाउनेछन । सि लेभल तर्फ साविका धौलागिरी अंन्चल भित्रका खेलाडी र पर्वत मोदीकाली ब्याडमिन्टन संघका आजिवन सदस्य रहि देश भरि रहेका सदस्यहरुले सहभागि हुन पाउनेछन् । टिम दर्ता भाद्र ७ गते हुने आयोजक पर्वत स्पोर्टस हाउसका प्रोपाईटर जगदिश सुवेदीले जानकारी दिए ।

    ब्याडमिन्टन खेलको विकास तथा विस्तार र नयाँ प्रतिभाशाली खेलाडी उत्पादन एवम् कुश्माको पर्यटन क्षेत्रको विकासको लागि गर्न लागिएको प्रतियोगताको खुला तर्फ प्रथम पुरस्कार रु ४० हजार, द्वितीय पुरस्कार रु २० हजार र तृतीय पुरस्कार रु १० हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको छ भने सि लेभल तर्फ प्रथम पुरस्कार रु २० हजार, द्वितीय पुरस्कार रु १० हजार र तृतीय पुरस्कार रु ६ हजार साथै शिल्ड, मेडल र प्रमाणपत्र रहेको खेल संयोजक सुनिल थापाले जानाकारी दिए ।

    यसै गरि खुला र सि लेभल तर्फ प्रथम हुने जोडीलाई हार्नेस जीपलाईन प्रालि कुश्माको तर्फबाट क्लासिक जीपलाईन निशुल्क गराईदिने हार्नेस जीपलाईन प्रालिका संचालक सुनिल बानियाँले बताउनु भयो ।

    साथै खेलाडीहरुको सुविधाको मध्यनजर राख्दै विहानको खाना आयोजकले गर्ने र सबै खेलाडीहरुलाई उक्त खेल खेल्न हार्दिक अनुरोध गरिएको खेल संयोजक एवम् पर्वत मोदीकाली ब्याडमिन्टन संघ, कुश्माका कोषाध्यक्ष राम पुनले बताए । प्रतियोगितामा देश भरिबाट खेलाडी एवम् प्रतियोगी भित्राउन र प्रतियोगितालाई सफल बनाउने तयारी द्रुत गतिमा अगाडि बढेको पनि पुनले जानकारी दिए बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    एन प्याव्सनद्धार एसईईलाई लक्षित गर्दै ११ सय विद्यार्थाीलाई परीक्षा अभिमूखिकरण

    पोखरा। नेसनल प्याव्सन कास्कीले एसईईका विद्यार्थीलाई लक्षित गरी परीक्षा सम्बन्धि अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ...

    प्रहरीले गण्डकी प्रदेशको पोखरामा डीएनए प्रयोगशाला राख्ने तयारी

    काठमाडौं। गण्डकी प्रदेशको पोखरामा डीएनए परीक्षण प्रयोगशाला राख्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ । सोमबार...

    कास्की काँग्रेसको बैठक

    पोखरा। नेपाली काँग्रेस कास्कीको बैठक बसेको छ ।पार्टी कार्यालय चिप्लेढुङ्गामा सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको...

    तराईमा हुस्सु,देशका उच्च भागमा वर्षा र हिमपात

    काठमाडौं । पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा वर्षा र हिमपातको सम्भावना...

    हिसान गण्डकी फुटसल प्रतियोगिता शुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी शुरुवात

    पोखरा। पोखरामा उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं