SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८०/४/१७ गते
    ६७३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत ।

    नेपाल पत्रकार महासंघ पर्वत शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । पत्रकार महासंघको गण्डकी प्रदेश समितिले सदस्यता शुद्धिकरणको नाममा जिल्लाका अधिकांस क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने निणर्य गरेको भन्दै बुधवार जिल्लामा सक्रिय तीन संगठनले तालाबन्दी गरेका हुन् । जिल्ला शाखाले सर्वसहमत गरेको निर्णय माथि प्रदेश कमिटिले हस्तक्षेप गरेको संगठनहरुको आरोप छ ।

    गण्डकी प्रदेश कमिटिले शुद्धिकरणको मापढण्ड विपरित पत्रकारिताको मर्मलाई कुल्चेर शुद्धिकरणको गरेको भन्दै पत्रकार निकट संगठनहरुले यस अघि देखि नै विरोध जनाउदै आएका छन् ।

    प्रेस चौतारी पर्वत, प्रेस यूनियन पर्वत र समाजवादी प्रेस संगठन पर्वतले तालाबन्दी गरेका हुन् । प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण अखेली, प्रेस यूनियनका अध्यक्ष उत्तम अधिकारी, समाजवादी प्रेस संगठनका गण्डकी प्रदेश संयोजक गणेश पौडेलले संयुक्त रुपमा कालो ब्यानर टाँगेर तालाबन्दी गरेका हुन ।

    नयाँ र पुराना गरी ५५ सदस्य रहेको पर्वत शाखामा २० जनाको सदस्यता खारेज गरिएको थियो । राष्ट्रिय तथा स्थानीय सञ्चार माद्याममा नियमित कार्यरत, सम्पादक, स्टेशन म्यानेजर जस्ता व्यक्तिहरुकै सदस्यता खारेज भएपछि तालाबन्दी गर्नुपरेको प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीले जानकारी दिए ।

    क्रियाशिल र सक्रिय पत्रकारहरुको पेशागत मर्यादा र सुरक्षा विपरित भएको भन्दै उक्त निणर्य तत्काल सच्याउनुपर्ने समाजवादी प्रेस संगठन गण्डकी प्रदेश संयोजक गणेश पौडेलले बताए । उक्त निणर्य नसच्चिएसम्म ताला नखोलिन र थप आन्दोलनका कार्यक्रम गर्दै जाने उनले बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं