SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/३० गते
    ३३५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । नयाँ अनुहार आइरहेका छन्, तर नाटक पुरानै चलिरहेको छ। राहत इन्दोरीको सायरी जस्तै बनेको छ, नेपालको अहिलेको अवस्था।

    सबैलाई मिलाएर अगाडि बढ्ने आशाका साथ हेरिएका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह पनि अन्य दलका नेताजस्तै एकल निर्णयका साथ अगाडि बढ्न थालेपछि समस्याको चाङ झनै बढेको छ। मेयरको निर्देशनसँग आइतबारबाट उठ्न छाडेको सिंहदरबारको फोहोरले अझै निकास पाउन सकेको छैन।

    बागदरबार र सिंहदरबारबीचको ‘वाक दोहोरी’सँगै फोहोरमा छुट्याउन नसकिने गरि राजनीति मिसिएको छ। मेयर साहले फोहो नउठाउनुका विभिन्न १४ कारणसहित सामाजिक सन्जालमा स्पष्टीकरण दिए पनि सरकार त्यसलाई मान्न तयार छैन।

    उसले फोहोरलाई अन्य समस्यासँग नमिलाउन आग्रह गरेको छ। मेयर साहले सुकुम्बासी समस्यादेखि सडक र ट्राफिक अवरोधसम्मका विभिन्न कुरा जोडेर सरकारले सहयोग नगरेको जिकिर गरेका छन्।

    सरकारको असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहरमा देखोस् भनेर नै फोहर नउठाइएको उनले बताएका छन्। तर सिंहदरबारको बुझाइ अर्कै छ।

    मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकमा सिंहदरबार, बालुवाटार, राष्ट्रपति निवास लगायतका स्थानका फोहर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको अभिव्यक्ति र निर्णय फोहोर व्यवस्थापन स्थानीय नीतिविपरीत भएको ठहर गरेको हो । आजको नागरिक दैनिकबाट

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं