काठमाडौं, । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमारले श्रेष्ठले पार्टी सभापति रवि लामिछानेलाई स्पष्टीकरण दिन इन्कार गरेका छन्
सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि उनी विवादमा तानिएका थिए । सांसद श्रेष्ठ विवादमा तानिएसँगै उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।
उनलाई पार्टीले स्पष्टीकरण सोधेको २४ घण्टा वितिसक्दा पनि उनले स्पष्टीकरण दिएका छैनन् । उनले राजीनामा दिने तयारी भइरहेको बताइएको छ ।