SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/१२/१९ गते
    ५०९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,  । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले यो देशलाई स्वर्णिम वाग्ले र रमेश खरेललाई हराउने छ्ुट नभएको बताएका छन् । आज (शनिबार) रास्वपा पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै लामिछानेले आगामी उपनिर्वाचनमा स्वर्णिम र रमेशलाई हराउने कल्पना यो देशले गर्न नसक्ने बताएका हुन् ।

    ‘यस उपनिर्वाचनमा तपाईँहरुलाई यो मुलुकका लागि पनि हार्ने छुट छैन । मलाई लाग्छ स्वर्णिम वाग्लेलाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन । रमेश खरेललाई हराउने परिकल्पना यो देशले गर्न सक्दैन, गर्न हुँदैन,’– उनले भने ।

    साथै, स्वर्णिम र रमेश कुनै राजनीतिक स्वार्थले रास्वपामा नआएको उनको दाबी छ । उनीहरुलाई राजनीतिबाट कमाउने रोटी सेक्ने कुनै आशा नरहेको लामिछानेले बताए । स्वर्णिम र रमेशले यो समाजलाई दिएको योगदानका कारण पनि कमाउन पर्ने चिज सबै पाइसकेको लामिछानेले बताए ।

    ‘राजनीतिक स्वार्थ र रोटी सेक्नका लागि उहाँहरु आउनु भएको होइन । केही कमाउनका लागि आउनु भएको होइन । किन की यी दुई व्यक्तित्वले समाजमा दिएको योगदानले उहाँहरुले कमाउन पर्ने चिज सबै कमाइसक्नु भएको छ,’– लामिछानेले भने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं