SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७९/४/६ गते
    ६१९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । जति जति आम चुनाव नजिकिँदैछ, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा आफ्ना पूर्वसहकर्मीहरुसँग हात मिलाउन उति अधीरता बढ्दो छ । यस्ता साथीहरुको सूचीमा बाबुराम भट्टराईको नाम पहिलो नम्बरमै भेटिन्छ ।

    तर, भट्टराई भने भयानक अलमलमा छन् । उपेन्द्र यादवसँगको जसपा यात्रामा बिराम लागेको छ । अगाडि जाने बाटोबारे उनीजत्तिकै अलमलमा छन्, उनका साथीहरु । भन्नलाई उनीहरु पार्टी पुनर्गठनमा जाने भन्दैछन्, तर यतिका दिनसम्म कुनै ठोस औपचारिक निर्णयमा पुगिसकेका छैनन् ।

    बिहीबार बिहान प्रचण्डलाई खुमलटारको एक अपार्टमेन्टमा भेट्न जाँदा भट्टराईसँग राजनीतिक सौदाबाजीको कुनै ठोस प्रस्ताव थिएन । प्रचण्ड बरु नेकपा समाजवादी केन्द्र बनाएर भए पनि आउने चुनावमा एमाले अध्यक्ष केपी ओलीलाई ‘देखाइदिने’ मुडमा छन् । यस्तोमा भट्टराईले के गर्ने, प्रष्ट छैन ।

    असार अन्तिमतिर (२८–२९) बोलाइएको भट्टराई पक्षको केन्द्रीय समितिको विस्तारित बैठकले उपेन्द्र यादवबाट जनता समाजवादी पार्टीको रुपान्तरण सम्भव नभएको निष्कर्ष निकाल्दै नयाँ पार्टी गठनमा जाने निर्णय गरेको थियो ।

    निर्णयको झण्डै एक साता पुग्दै लाग्दा पनि विभिन्न विकल्पमा छलफल भइरहेको तर कुनै टुंगोमा अहिलेसम्म नपुगिएको भट्टराई समूहका नेताहरुले बताएका छन् । यद्यपि पहिले नै दर्ता भइसकेको ‘समावेशी लोकतान्त्रिक पार्टी’लाई भट्टराईले भूमिगत रुपमा सञ्चालन गरेको पाइएको छ ।

    ‘मेरो पछाडि धेरै कार्यकर्ता छन्, त्यसैले म उनीहरुलाई चटक्क छाडेर हिँड्न मिल्दैन । म उनीहरुलाई कुनै दैलोमा पुर्‍याएर मात्रै विश्राम लिन्छु’ निकटहरुसँग भट्टराईले भन्ने गरेका छन् ।

    वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भनेर जसपाबाट निस्किएका भट्टराई आफूले सोचेका विभिन्न विकल्पमध्य कुनै एकमा निश्चित नहुन्जेल उक्त पार्टीलाई औपचारिक रुपमा सार्वजनिक गर्ने पक्षमा छैनन् ।

    बाबुरामले सोचेका तीन विकल्प

    जीवनका उत्तरार्द्धमा पनि झन्झटिलो बाटो रोजको भट्टराई आफैंले राजनीतिरुपी रथलाई लामो समय गुटाउने मनस्थितिमा छैनन् । तर, आफ्नो पछि लागेका नेता, कार्यकर्ताहरुलाई बिचल्ली पार्ने गरी बीचमै आफ्नो राजनीतिक जीवन स्थगित गर्ने पक्षमा पनि छैनन् ।

    ‘मेरो पछाडि धेरै कार्यकर्ता छन्’, निकटहरुसँग भट्टराईले भन्ने गरेका छन्, ‘त्यसैले म उनीहरुलाई चटक्क छाडेर हिँड्न मिल्दैन । म उनीहरुलाई कुनै दैलोमा पुर्‍याएर मात्रै विश्राम लिन्छु ।’

    भट्टराई निकट नेताहरुका अनुसार पार्टीविहीनता पछिको अलमलपूर्ण अवस्थामा उनले तीन विकल्प सोचेका छन् । उनको पहिलो प्रयास अझै पनि जसपाबाट ४० प्रतिशत पुर्‍याएर नयाँ पार्टी गठन गर्ने र नेताहरुको सांसद पद जोगाउनेमा छ ।

    त्यसका लागि उनले जसपाभित्रको प्रारम्भिक संघर्षमा आफूलाई साथ दिएका नेताहरुलाई फकाउने कोशिस गरेका छन् । नेताहरु राजकिशोर यादव, रामनरेश राय यादव, अमृता अग्रहरि, मृगेन्द्रकुमार सिंह यादव लगायतका नेताहरुलाई आफूहरुतिर तान्न सके ४० प्रतिशत पुर्‍याउन आकलन भट्टराईको छ । त्यो गर्न सके एउटा शक्तिसहित आगामी संघीय चुनावमा बार्गेनिङ गर्न सकिने उनको ठम्याइ छ ।

    तर, उनी पक्षकै नेताहरुले पनि यो पहिलो विकल्पलाई त्यति सजिलो ठानेका छैनन् । ‘यो चाहिँ मृत सम्भावना हो’, भट्टराई पक्षका कार्यकारिणी सदस्य डम्बर खतिवडा भन्छन्, ‘यसको अब खासै अर्थ छैन । अब नयाँ पार्टी गठन गर्नेतिर जान्छौं ।’

    पहिलो विकल्प सम्भव नभए भट्टराईले सोचेको दोस्रो विकल्प समाजवादी केन्द्र नामको पार्टी वा मोर्चा बनाउने हो । जसको वकालत उनले लामो समयदेखि गर्दै आएका छन् । यही मेलोमेसोमा भट्टराईले मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए ।

    छलफलमा प्रचण्डले माओवादी केन्द्रमै फर्किन आग्रह गरेका थिए । भट्टराईले त्यसलाई ‘हार्दिकतापूर्वक अस्वीकार’ गर्दै समाजवादी केन्द्र निर्माणमा जोड दिएको नेताहरुले बताएका छन् । बिहीबार सोही छलफलले निरन्तरता पाउँदा भट्टराईसँग एउटै अडान थियो, कम्युनिस्ट पार्टीमा नफर्किने ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

    ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला...

    विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग

    काठमाडौँ । पोषणयुक्त खाजा बालबालिकाको सिकाइको निम्ति आधारभूत विषय हो । यसले स्वस्थ शरीर र...

    काँग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारीहरु गतिशील हुन आवश्यक छ : नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता...

    प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा आनन्द  रिमाल

    पर्वत । प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ। शताब्दी घर...

    आन्तरिक पर्यटनको प्रर्वद्घन गर्दै घार्मीका आमाहरु

    शिशिर उजाड,पोखरा ।पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्घन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं