पर्वत । नेकपा एमालेको तर्फबाट उमेदवार बनेकी दुई जना महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित महिला सदस्य तर्फ मोदी गाउँपालिका वडा न ४ की लक्ष्मी विक र कुश्मा नगरपालिका वडा १० बाट महिला सदस्य बिन्दु जिसी थकाली निर्विरोध निर्वाचित भएकी हुन् ।
नेकपा एमालेको तर्फबाट उमेदवारी दिएकी विक मोदी ४ क्याङमा निर्विरोध निर्वाचित भएसंगै मोदी गाउँपालिकामा एमालेले पहिलो खाता खोलेको छ । उनी यस अघि पनि सोहि वडामा दलित महिला सदस्यमा विजयी भएकी थिइन् ।
कुश्मा नगरपालिका वडा नं १० मा थकालि निर्बिरोध निर्बाचित भएपछि पनि कुश्मा नगरपालिका मा एमालेले खाता खोलेको छ ।