SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१२/६ गते
    ४५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमाथि गम्भीर प्रश्न उठाएका छन् । मतपत्रमा निर्वाचन चिह्नका लागि प्रयोग गरिने रंगलाई लिएर प्रश्न गर्दै आएका उनले मनोनयन दर्ताका लागि दुई दिन छुट्याएकोमा समेत विरोध गरेका छन् ।

    ‘सधैं निर्वाचन आयोगले मनोनयन दर्ताका लागि एक दिन दिने गर्थ्यो। यसपटक वैशाख ११ र १२ गते दुई दिनलाई दिने भयो,’ आइतबार इलामको फिक्कलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा एमाले अध्यक्ष ओलीले भने, ‘दुई दिन किन चाहियो ? पाँच दलीय गठबन्धनमा खटपट परेर एक दिनमा नमिल्नसक्छ, भोलिपल्ट मिल्छ ।’

    उनले अघि भने, ‘पाँचदलीय गठबन्धनको खटपट मिलाउने काम निर्वाचन आयोगको हो ?’

    एमाले अध्यक्ष ओलीले चुनाव चिह्नको रंग हरियो राखेकोमा समेत आयोगको आलोचना गरे ।

    पाँचदलीय गठबन्धनले निर्वाचन आयोगलाई दुरुपयोग गरेर आफ्नो पक्षमा पार्न चाहेको उनको आरोप छ । ‘म निर्वाचन आयोगलाई सम्मान गर्न चाहन्छु र भन्न चाहन्छु, निर्वाचन आयोगले एउटा पार्टीको पक्षमा काम गर्ने होइन, निश्पक्ष भएर काम गर्नुपर्छ ।’

    ‘अहिले निर्वाचन आयोगले चुनाव चिह्नमा कुन रंग दिने भन्दा रुखको रंग सबैलाई दिने अरे । रुख पनि हरियो पारेर, सूर्य पनि हरियो पारेर चुनाव चिह्न दिने रे ! कस्तो अचम्मको निर्वाचन आयोग देखा पर्‍यो ।’

    आयोगले दलहरुसँग परामर्श नगरेको र कांग्रेसको अनुकुल हुने चुनाव चिह्नको रंगबारे निर्णय गरेको भन्दै उनले भने, ‘सूर्य हरियो हुन्छ कहिं ?’

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं