SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२८ गते
    ५६० &#२३४६;&#२३३५;&#२३२५;

    पाकिस्तानी सेनाले बिहीबार भारतबाट एउटा सुपरसोनिक वस्तु पाकिस्तान आएको र आफ्नो भूभागमा खसेको बताएको छ।

    अहिले यस विषयमा भारतको रक्षा मन्त्रालयले स्पष्टीकरण दिएको छ। भारतले प्राविधिक गडबडीका कारण क्षेप्यास्त्र प्र’हा’र भएको स्वीकार गरेको हो। भारत सरकारले यस विषयमा उच्चस्तरीय छानबिन गर्न आदेश दिएको छ।

    भारतको रक्षा मन्त्रालयले भनेको छ, ‘९ मार्च २०२२ मा नियमित मर्मतसम्भारका क्रममा प्राविधिक त्रुटिका कारण क्षेप्यास्त्र अचानक खसेको थियो। भारत सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ र उच्चस्तरीय छानबिनको आदेश दिएको छ।’

    क्षेप्यास्त्र पाकिस्तानको भूभागमा खसेको जानकारी प्राप्त भएको रक्षा मन्त्रालयले जनाएको छ।

    घटनाप्रति माफी माग्दै रक्षा मन्त्रालयले भनेको छ, ‘यो दुर्घटनाबाट मानवीय क्षति नभएकाले हामीलाई राहत महसुस भएको छ।’ यसबारे उच्चस्तरीय छानबिन गर्न आदेश दिएको पनि मन्त्रालयको विज्ञप्तिमा छ।

    यसअघि पाकिस्तानले आफ्नो हवाई क्षेत्रमा एक उच्च गतिको भारतीय मि’साइ’ल प्रवेश गरेको र त्यो मिसाइल खानेवाल जिल्लाको मिया चन्नु सहरनिर खसेको जनाएको थियो। यो मि’साइल भारतको हरियाणास्थित सिर्साबाट प्र’हा’र गरिएको पाकिस्तानको दाबी छ।

    भारत र पाकिस्तान दुवै आ’ण’विक शक्तिराष्ट्र हुन्।

    पाकिस्तानी सशस्त्र बलका महानिर्देशक मेजर जनरल बाबर इफ्तिखारले पत्रकार सम्मेलन गर्दै बुधबार राति ६:४३ बजे एक ‘उच्च गतिको उड्ने वस्तु’ भारतीय भूमिबाट पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेको बताएका थिए।

    ‘त्यो उड्ने वस्तु सुरूको दिशाबाट अचानक मोडिएर पाकिस्तानी भूमिमा प्रवेश गरेको थियो,’ उनले बिहीबार पत्रकार सम्मेलनमा भने, ‘पाकिस्तानको हवाई क्षेत्र सीमाभित्र प्रवेश गरेर ६:५० बजे त्यो वस्तु मिया चन्नुनिर खस्यो।’

    मानवीय क्षति नभए पनि पाकिस्तानी हवाई सीमा उल्लंघनको उक्त घटनाप्रति गम्भीर आ’पत्ति जनाउँदै मेजर जनरल इफ्तिखारले यस्तो घटना कसरी भयो भन्नेबारे भारतले जवाफ दिनुपर्ने बताएका थिए।

    ‘उच्च गतिको त्यो वस्तु जुन हवाई मार्गबाट उडेको थियो, त्यसले भारत र पाकिस्तान दुवैतर्फको हवाई क्षेत्रमा उड्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानलाई गम्भीर खतरामा पारेको थियो। यसबाट मानवीय क्षति र धनमाल नष्ट हुने ठूलो जोखिम थियो,’ उनले भने।

    पाकिस्तानको वायुसेनाले उक्त मि’सा’इल १२ हजार मिटर उचाइमा उडेको र जमिनमा खस्नुअघि पाकिस्तानी हवाई क्षेत्रमा १२४ किलोमिटरसम्म भित्र प्रवेश गरेको जनाएको छ। मि’सा’इलको गति क्षमता ध्वनिको गतिभन्दा तीन गुणा बढी भएको पनि पाकिस्तानी वायुसेनाले भनेको छ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं