SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२६ गते
    ६४६ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर, फागुन ,कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको हेल्थ पोष्ट कृष्णनगरमा राष्ट्रीय हात्तीपाईले रोग विरूद्ध मुस्लिम धर्मगुरु हरू बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छl

    कृष्णनगर नगरपालिका नगर प्रमुख शाहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो l
    फलेरिया विरूद्ध जनचेतना कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण र आधारभूत स्वास्थ्य परियोजना कार्यक्रमका सामाजिक परिचालक अनेक पाण्डेयले फलेरियाको परिचय, रोगको लक्षण, रोग बट हुने समस्या, कस्ले फलेरियाको औषधि न खाने, समाधानका उपाय लगायतको बारेमा प्रशिक्षण दिनुभयो l

    कार्यक्रममा बोल्दै नगर प्रमुख शाहले यो अभियान सबै मिलेर सफल पार्नुपर्ने र गर्भवती महिला तथा दुई बर्ष भन्दा कमका बाल बालिका बाहेक हरेक व्यक्तिले फलेरियाको औषधि खाने र सबैलाई यस रोग बाट बचाउने कार्य गर्नु पर्ने बताए l
    कार्यक्रममा सहभागी हरूका तर्फबाट बोल्दै लुम्बिनी प्रदेश मदरसा बोर्ड उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले फलेरिया रोग सबै मिलेर निर्मूल गर्नुपर्ने, यहि फागुन २८ गते बाट फलेरिया रोग बिरूद्धको अभियान सफल बनाउन सहभागी संग आग्रह गर्दै, आ आफ्नो स्तर बाट सबैले यस रोग बारे सचेतना जगाउनुपर्ने बताए l

    कार्यक्रममा राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष डा. अब्दुल गनि अल्कुफी, जहिर अहमद बरेलवी लगायत मुस्लिम धर्मगुरु, पत्रकार हरूको सहभागिता रहेको थियोl
    कार्यक्रममा फेयर मेडका परियोजना संयोजक शशि लाल कर्ण लाई दोसल्ला ओढाई सम्मान समेत गरिएको थियो l

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं