SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२५ गते
    ६०७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेपालबाट भारततर्फ निर्यात हुने खाने तेलको निर्यात रोक्न सरकारले छलफल थालेको छ । नेपालमा कृत्रिम अभाव सिर्जना गरेर तेल भारततर्फ निकासी भइरहेपछि निर्यातमा कडाइ गर्न खोजिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

    स्वदेशको खपतभन्दा पनि उच्च मात्रामा नेपालमा तेल आयात भए पनि व्यवसायीले भारततर्फ निर्यात बढाएर कृत्रिम मूल्य वृद्धिको अवस्था सिर्जना गरेपछि निर्यात रोकेर आपूर्ति बढाउन खोजिएको मन्त्रालय उच्च स्रोतले बतायो ।

    आपूर्तिको नियमअनुसार आपूर्ति बढ्दा मूल्य घट्ने र आपूर्ति घट्दा मूल्य बढ्नुपर्ने हो तर यहाँ त्यस्तो देखिएन,’ एक अधिकारीले भने ‘तेस्रो देशबाट आयात गरेर पुनः अर्को मुलुकमा किन पठाउने ?’

    तेल उद्योगीले नेपालमा आफ्नो अनुकुलको मूल्य राखेर मात्रै तेल बजारमा पठाउने गरेको सरकारी ठहर छ । खाने तेलको निर्यात रोक्नेबारे कुराकानी भएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।

    केही दिनअघि तेल उत्पादकसँग विभागले यसबारे धारणा मागिएको विभागका एक अधिकारीले बताए । ‘प्रशस्त आयात गरेर पनि बजारमा उद्योगीले कार्टेलिङ गरेपछि नयाँ निर्णय लिन अध्ययन थालेका हौं, व्यवसायीले आफूहरुसँग मौज्दात नरहेको दावी गरेका छन्,’ विभाग स्रोतले भन्यो ।

    चालु आवको ७ महिनासम्म नेपालमा १२ अर्ब ३८ करोडको सूर्यमुखी तेलको कच्चा पदार्थ आयात भएको छ । यस्तै ११ अर्ब ६५ करोड रुपैयाँ बराबरको भटमासको कच्चा पदार्थ तथा कच्चा तेल नेपाल भित्रिएको छ ।

    यस्तै ३७ अर्ब ७० करोडको सोयबिन तेल भारतर्फ निर्यात भएको छ भने २ खर्ब ६३ करोडको सनफ्लावर तेल नेपालबाट निर्यात भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं