SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/२० गते
    ७०२ &#२३४६;&#२३३५;&#२३२५;

    अजय मिश्र, कपिलवस्तु ,

    जिल्लाकाे कृष्णनगर नगरपालिकामा एकैदिनमा दुई ठुला याेजना उद्घाटन गरिएकाे छ ।

    पुर्व कृषि मन्त्री एवं नेपाली कांग्रेसका प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यकाे प्रमुख अतिथ्यतामा कृष्णनगर नगरपालिकाकाे दुई वडा ८ र ९ काे संयुक्त कार्यालय तथा सुरई खाेलामा झाेलुङ्गे पुलकाे एकैसाथ उद्घाटन गर्नुभएकाे छ ।
    नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले नगरभित्रका अधिकांश ठुलायाेजनाहरु निर्माण समपन्न भईसकेकाले उद्घाटन गरि सुचारु गर्न लागिएकाे बताउनुभयाे । नगरप्रमुख शाहले बहादुरगजमा संयुक्त वडा कार्यालय तथा डुमाई, पुरुषाेत्तमपुर लगायतका गाउंलाई नगर केन्द्र र लिंक राेड जाेड्ने सुरई खाेलामा बनाइएकाे झाेलुङ्गे पुल पनि संगै उद्घाटन गराई संचालनमा ल्याईएकाे बताए ।
    हाल वडा ८ र ९ साविककाे बहादुरगंज गाविसकाे पुरानाे कार्यालय भवन जीर्ण बन्दै गएकाेले र वडा ८काे कार्यालय भाडामा संचालन रहेकाले संयुक्त वडा कार्यालय बनाइएकाे जानकारी याेजना प्रमुख साकिर अहमद शाहले जानकारी दिनुभयाे ।
    उद्घाटन कार्यक्रमकाे संचालन राेजगार संयाेजक इश्वरि पाैडेलले गर्नुभएकाे थियाे भने नेपाली कांग्रेसका जिल्ला सचिव प्रेम रायमाझी , क्षेत्रिय संयाेजक ब्रहम्मानन्द उपाध्याय, नगर सभापति देवानन्द शुक्ला, अजय उपाध्यय, गंगेश तिवारी लगायत वडाध्यक्ष संजय गुप्ता, तुङ्गनाथ चाैधरी तथा कार्यपालिका सदस्य , कर्मचारी र सर्वसाधारणकाे उपस्थिति थियाे ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं