SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/१४ गते
    १०१३ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्माले ‘प्रधानसेनापति खुला म्याराथन- रन फर फन’ प्रतियोगिताको शुभारम्भ गर्नुभएको छ ।

    सैनिक मुख्यालय जङ्गीअड्डा परिसरको खेलमैदानबाट प्रारम्भ भएको म्याराथनसहित विभिन्न चार विधाका दौड प्रतियोगिता उहाँले उद्घाटन गर्नुभएको हो ।

    सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रद्वारा आयोजित प्रतियोगिता बिहान ७ः१५ बजेदेखि पाँच मिनेट अन्तरालमा म्याराथन, हाफ म्याराथन, १० किमी दौड र पाँच किमी दूरीको वाकाथन सुरु भएको हो । सैनिक-नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्य रहेको प्रतियोगिताको नारा ‘मनोरञ्जनका लागि खेल’ भन्ने छ ।

    प्रतियोगिताअन्तर्गत ४२.१९५ किमी पुरुष म्याराथन, २१ किमी महिला-पुरुष हाफ म्याराथन, सैनिक अधिकृत र सैनिक सहचारी महिला-पुरुषको १० किमी दौड तथा उपत्यकाभित्रका सहायकरथी र सोभन्दा माथिका रथीवृन्द, सैनिक श्रीमती सङ्घका कार्यकारिणी पदाधिकारी सम्मिलित पाँच किमी वाकाथन भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं