SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/१० गते
    ६७५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडाैं । नेपालमा लिभिङ टुगेदरको समस्या बढ्दै गएको भन्दै त्यसलाई सम्बोधन गर्ने गरी कानून बनाउन विज्ञहरुले सुझाव दिएका छन् ।

    संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको सोमवार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरुले लिभिङ टुगेदरको समस्या पनि सम्बोधन गर्ने गरी कानून निर्माण गर्नुपर्ने धारणा राखेका हुन् ।

    अधिवक्ता मोहनलाल आचार्यले ऐन बनाउँदा विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाईएको बताए। उनले दोस्रो विवाह गर्न नपाउने कानूनि व्यवस्था गरिएको तर लिभिङ टुगेदर बारे उल्लेख नभएको बताए । घटनाक्रम हेर्दा लिभिङ टुगेदरको समस्याबाट महिलाहरुमा बढी पीडित देखिएको तर्क उनले गरे ।

    अधिवक्ता आचार्यले भने, ‘विवाहित महिला र पुरुषबीचको विवाहेत्तर सम्बन्धलाई अपराधीकरण नगरी सम्बन्धबिच्छेदको आधारमा मात्रै बनाइएको छ। लिभिङ टुगेदर अहिले निकै बढ्दै गएको देखिन्छ। दोस्रो विवाह गर्न नपाउने कानूनि व्यवस्था गरिएको छ। तर लिभिङ टुगेदर भइरहेकोमा त्यसलाई अपराधीकरण गर्ने रियलाइज गरिएन भने बढ्दै जाने र फेरि महिलाहरु नै बढी पीडित हुँदै जाने सम्भावना देखिँदै गएको छ। विवाहित पुरुषले अविवाहित महिलालाई विवाह नै नभइ छुट्टै एउटा फ्ल्याट लिएर राख्ने धेरै छन्। यसबारे स्पष्ट ऐन बनायो भने सहज हुन्छ।’ यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं