SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/९ गते
    ६५० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट छनोटमा क्यानडालाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुगेको छ । क्यानडालाई आठ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो ।

    ओमानको मस्कटस्थित क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडालाई सहजै पराजित गरेको हो । जितसँगै नेपाल समूह ‘बी’ को विजेता बनेको छ । एकासी रनको विजयी लक्ष्य नेपालले १४ दशमलव एक ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । नेपालका लागि प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेलले अविजित रहँदै सर्वाधिक ३४ रनको योगदान दिए । भुर्तेलले ३७ बल खेल्ने क्रममा तीन चौकासमेत प्रहार गरे ।

    यस्तै दीपेन्द्रसिंह ऐरी ३१ बलमा २७ रन बनाउँदै अविजित रहे भने आसिफ शेखले १७ रन बनाए । बलिङतर्फ क्यानडाका कलिम साना र सलमान नाजरले एक–एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको क्यानाडाले १५ ओभरमा सबै विकेट गुमाउँदै ८० रन मात्र बनायो । क्यानाडाका डिलोन हेलिगरले अविजित रहँदै २४ रनको योगदान दिए । कप्तान नभनित धालिवालले १८, रायन पठानले १४ तथा सलमान नाजरले १० रन बनाए ।

    बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । उनी प्लेयर अफ दी म्याचसमेत भए । यस्तै अविनाश बोहरा र कमलसिंह ऐरीले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए । जीतसँगै तीन खेलमा ६ अङ्क जोड्दै नेपाल समूह विजेता बन्यो । यस्तै ओमान तीन खेलबाट चार अङ्क जोडेर समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ । क्यानडा र फिलिपिन्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

    अब नेपालले मङ्गलबार सेमिफाइनलमा समूह ‘ए’ को उपविजेता संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्नेछ । यस्तै अर्को मङ्गलबार नै अर्को सेमिफाइनल ओमान र आयरल्यान्डबीच हुनेछ । फाइनल प्रवेश गर्ने दुवै टोली अष्ट्रेलियामा आगामी अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं