SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/९ गते
    ४३७ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौँ — निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन तयारीको पनि जानकारी दिएको छ ।

    ‘यसअघि मतदाता परिचयपत्र पाई हराएको, नासिएको वा अन्य कुनै तवरले आफुसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिस सहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था भएकोले सोही बमोजिम मतदाताले मतदाता परिचय पत्र पाउन निर्वाचन कार्यालयमा मिति २०७८ फागुन २० गतेभित्र निवेदन दिन सकिने व्यवस्था मिलाइएको छ,’ आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    मतदाता नामावली अद्यावधिक सूची राजपत्रमा प्रकाशन गर्नका लागि पनि आयोगले प्रक्रिया अगाडि बढाएको अर्यालले जानकारी दिएका छन् ।

    आयोगले स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । स्थानीय तह निर्वाचनमा आवश्क पर्ने २३ प्रकारका निर्वाचन सामग्रीको प्रतिस्पर्धाका आधारमा खरिदका लागि बोलपत्रसम्बन्धी सूचना प्रकाशन गरिएको छ ।

    दलको स‍ंख्या १०९ पुग्यो

    त्यस्तै, निर्वाचन आयोगमा हालसम्म १ सय ९ दल दर्ता भएको पनि सहायक प्रवक्ता आचार्यले जानकारी दिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (गौरवशाली), साझा पार्टी, नेपाल र समावेशी लोकतान्त्रिक पार्टी आयोगमा दर्ता भएसँगै नेपालमा राजनीतिक दलको संख्या १०९ पुगेको आयोगले जनाएको हो ।

    स्थानीय तह निर्वाचनमा भाग लिनका लागि १० दलले निवेदन दिएको आयोगले जानकारी दिएको छ । २०७९ बैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोगजनका लागि दल दर्ता गर्न आयोगले फागुन ५ गते सूचना जारी गरेको थियो । स्थानीय तह निर्वाचनमा भाग लिनका लागि १० दलले निवेदन दिएको आयोगले जानकारी दिएको छ । त्यसरी निवेदन दिने दलहरूमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी, नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् ।

    आयोगले फागुन १५ गतेसम्म स्थानीय तहमा भाग लिने दलहरूलाई निवेदन दिन समय छुट्याएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं