SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/९ गते
    ४४२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्रमा सञ्चालित होटेल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा अवरोध नगर्न भन्दै जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको छ । होटेलले पशुपति क्षेत्र विकास कोषलाई विपक्षी बनाएर दायर गरेको रिटमाथि सुनुवाइ गर्दै गत १ फागुनमा उच्च अदालतले विपक्षीका नाममा १५ दिनको समय राखेर आधार, कारण र प्रमाण समेत माग गरेको थियो ।

    सोमबार न्यायाधीशहरु हरिप्रसाद भण्डारी र महेन्द्रनाथ उपाध्यायको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशले निरन्तरता नपाउने भनी आदेश गरेको हो ।

    अब बतासका हकमा पशुपति क्षेत्र विकास कोषले आफ्नो कारवाही अर्थात् ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाउन बाटो खुलेको छ ।

    यो होटेलसँग कोषले २०७६ वैशाख ३० गतेको करार सम्झौता गरेको थियो । गत ११ माघमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मन्त्रिस्तरीय निर्णयबाट नेपाल भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता फिर्ता लिने निर्णय गरेका थिए ।

     

    छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय भएको थियो । पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीका संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा मिलेमतो र अनियमितता भएको जनाउँदै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

    कोष र बतास समूहअन्तर्गतको होटेल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको छ । कोषले निर्माण गरेको संरचनामा बतास समूहले महँगो मूल्य लिँदै होटेलका रुपमा धर्मशाला सञ्चालन गर्दै आएको आरोप लागेको छ ।

    धर्मशाला निर्माण गर्दा र सम्झौता भए बमोजिम शय्याको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनुपर्ने भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरू राखेको, कोषको स्वीकृति विना धर्मशालामा विभिन्न संरचनाहरु निर्माण गर्ने जस्ता कार्य गरेको पाइएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं