SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/१ गते
    ५५४ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ ।प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आइतबार महाभियोग दर्ता भएसँगै धितोपत्र बजार समेत प्रभावित हुन पुगेको छ । अर्थात नेप्सेमा आज १०१ अंक माथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक अधिकतम १०१ दशमलव २४ अंकले घट्दै २७ सय सय दशमलव ३२ अंकमा झरेको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत १५ दशमलव ६२ अंकले घट्दै ५११।६६ विन्दुमा झरेको छ ।
    समग्रमा आज सेयर बजारमा तीन दशमलव ६१ प्रतिशतले खस्किएको छ ।

    त्यसो त साताको पहिलो कारोबार दिनसमेत रहेको आज सबै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ भने, पाँच अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।
    यस दिन सबैभन्दा बढी अपर तामाकोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताहरूले अधिकतम ८।३७ प्रतिशतले गुमाएका छन् भने यता नबिल समृद्धि फन्ड–२ का लगानीकर्ताहरूले सामान्य २।९४ प्रतिशतले कमाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा

    काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं