SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/११/१ गते
    ४७८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

    नेपाली कांग्रेस सचेतक पुष्प भुसाल र नेकपा एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठ प्रस्तावक रहेको महाअभियोग प्रस्तावमा कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहितथ ९८ जना सांसदले हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप उल्लेख गरिएको छ ।

    नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि लामो समय इजलास बहिस्कार गरेका थिए ।

     

    प्रतिकृया दिनुहोस्

    Loading...

    अखिल क्रान्तिकारीको अध्यक्षमा ‘हेभिवेट’उम्मेदवारको रूपमा पर्वतका सापकोटा

    काठमाडौँ। नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा सात जनाले उम्मेदवारी दर्ता गरेका...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं