SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२४ गते
    ४९८ &#२३४६;&#२३३५;&#२३२५;

    कृष्णनगर,कपिलवस्तु ,माघ २४
    राष्ट्रीय मदरसा संघ नेपालले लुम्बिनी प्रदेश भित्र मदरसाहरुमा विभिन्न शिर्षकमा वजेट छुटाएको प्रति लुम्बिनी प्रदेश सरकारको प्रशंसा गर्दै अल्पसंख्यक मुस्लिम समुदायहरुलाइ शिक्षाको मुलधारमा ल्याउने प्रयास सराहनीय कदम रहेको राष्ट्रीय मदरसा संघ नेपालको ठहर रहेको छ।

    लुम्बिनी प्रदेश सरकार शिक्षा तथा सामाजिक विकास निर्देशनालयले आर्थिक वर्ष २०७८र०७९को वार्षिक कार्यक्रमहरु मध्ये निम्नलिखित विद्यालयहरु लाई उपलब्ध गराउने निर्णय भएकाले उक्त निर्णयमा १३ वटा मदरसाहरु लाई कम्पाउन्डवाल निर्माण कार्यक्रमका लागि अनुदान वितरण गरिएको जस्मा मदरसा अहले सुन्नत फैजाने मुस्तफा नाइमिया प्रा।वि (विजयनगर ५ कपिलवस्तु),फैजुल उलुम मदरसा (मायादेवी ३ कपिलवस्तु),मदरसा दारुलउलूम मोहम्मदिया (मायादेवी २ कपिलवस्तु,मदरसा कुल्लीया सुमइया लिलबनात (मायादेवी ४ कपिलवस्तु),मदरसा नुरुलहुदा अहले सुन्नत प्रा।वि।९रामपुर ४ पाल्पा(मदरसा दारुलउलूम फैजाने गौशुलवरा९गुलरिया वर्दियां), दारुलउलूम मोइनिया फैजाने गाजी जैशपुर ९नेपालगंज १६ बांके),मदरसा अरबिया दारुलहुदा (लु।सां।ना।प (रुपन्देही),मदरसा उम्मुल मोमिनीन आयशा अल्सिद्दीकी लिल्बनात इस्लामिया ९समरिमाई गाउपलिका ७ रुपन्देही),मदरसा दारुलउलूम ( समरिमाई गापा १ रुपन्देही),मदरसा अरबिया अहले सुन्नत (रोहिणी २ रुपन्देही) मदरसा मदिन्तुलवलुम ( प्रतापपुर ७ नवलपरासी),मदरसा अरबिया अजिजीया जियाउलवलुम(रामग्राम नापा २ नवलपरासी),मदरसाहरुमा रु।पांच लाखको दरले रकम विनियोजन गरिएको र दुइ वटा मदरसामा शौचालय निर्माण गर्न सात लाखका दरले बजेट छुट्याएको जसमा अलमदरसतुल इस इस्लामिया नजमुलहुदा (समरी गापा ५ रुपन्देही) तथा मदरसा दारुलहुदा इस्लामीया (मायादेवी ५ रुपन्देही) का मदसराहरुमा लुम्बिनी प्रदेश सरकारले बजेट छुट्टाएको छ।

    लुम्बिनी प्रदेशका मुख्यमंत्री, शिक्षा विज्ञान युवा तथा खेलकूद मंत्री वसिउद्दीन खां तथा योजना आयोगक सम्पुर्ण पदाधिकारीहरु लाई राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डॉ अब्दुल गनी अलकुफी उपाध्यक्ष शैख जैस मक्की, राष्ट्रीय महासचिव मौलाना मशहुद खां नेपाली, प्रमुख सल्लाहकार जावेद आलम खां, सदस्यहरु खालिद रशिद, तारिक़ रियाज, मोहम्मद बिराजी,शैख लुकमान अहमद मदनी,नियाज़ देवबन्दी, बाबा मुजम्मील,जाहिद आजाद झण्डानगरी, अब्दुल अजीज,अब्दुल अजिम,प्रेस सल्लाहकार शहबाज खां लगायतले हार्दिक आभार व्यक्त गर्दै छनौटमा परेका सम्पुर्ण मदरसाका प्र।अ।‌तथा उक्त मदरसाका मदरसा व्यवस्थापन समितीहरु १५ दिन भित्र सम्बन्धित समाजिक विकास डिभिजन कार्यलय संग समझौता गरि कार्यान्वयन गर्नु हुन राष्ट्रीय मदरसा संघ नेपालका पदाधिकारीहरुले विनम्र अनुरोध गरेका छन।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं