SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२४ गते
    ४१० &#२३४६;&#२३३५;&#२३२५;

    रूपन्देहीको बुटवलमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। सोही दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते मध्ये एक जनाको अवस्था गम्भीर छ।

    सोमबार बिहान करिब ५ बजे बुटवल उपमहानगरपालिका १२, तामनगरस्थित कोरियन टेक्निकल कलेज अगाडि कार र ट्रक ठोक्किँदा दुर्घटना भएको हो।

    ईलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार पराल बोकेर पश्चिमबाट बुटवलतर्फ आउँदै गरेको ना २ ख ९७७२ नम्बरको ट्रक सडकमा रोकिरहेको बेला सोही ट्रकसँग लु ३ च ४४४२ नम्बरको कार ठोकिएको थियो।

    दुर्घटनामा घाइते दुबै जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।बिहान ५ बजेतिर भएको घटनामा परी बुटवल १३ का अन्दाजी २७/२८ वर्षिय सविन चौधरी, सोही स्थान र उमेरकै गोविन्द चौधरी र नवीन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

    सोही स्थानका भागिरथ चौधरी गम्भीर घाइते छन् भने बुटवल १२ का अनिश जिसि सामान्य घाइते भएको प्रहरीले जनाएको छ। ट्रक चालक फरार छन्।

    घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं