SuchanaKendra

  • Radio Kushum


  • ३ जनाको हत्या गर्न १५ लाखको ‘डिल’ गरेका ५ पक्राउ!!!

    खाल्डो खन्ने र हत्या गर्नेलाई ४० हजार रुपैयाँ सुपारी

    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२२ गते
    ६५९ &#२३४६;&#२३३५;&#२३२५;

    मोरङको उखुबारीमा र ललितपुरको धापाखेलमा ३ जनाको हत्या गर्न मुख्य योजनाकारले १५ लाखमा ‘डिल’ गरेको थाहा भएको छ । मङ्सिर २८ मा धापाखेलमा मोहन प्रसाद लिम्बुको हत्या गरिएको थियो । उनको शव माघ २० मा भेटियो । धरान घर भएका राजेन्द्र कुमार श्रेष्ठलाई पुस ५ मा र सप्तरी घर भएका शम्भु चौधरीलाई पुस ७ मा हत्या गरिएको थियो । राजेन्द्र र शम्भुको शव मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीको खाल्डोबाट उत्खनन गरिएको छ ।

    ३ जनाको हत्या गर्ने मुख्य योजनाकार हुन्, सिराहा घर भएका ३१ वर्षीय अनिल कुमार मण्डल । उनलाई मोरङको जहदा गाउँपालिका–४ घर भएका २९ वर्षीय दीनानाथ सोनार उर्फ अमित शाहले साथ दिएका थिए । उनीहरू सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    हत्यामा मोरङ धनपालथान गाउँपालिका–७ का नासिर आलम, मोरङको रंगेली नगरपालिका–३ आमतोला बस्ने भारतीय नागरिक मोहम्मद सुभाष र सुनसरीको देवानगञ्ज गाउँपालिका–६ घर भएका १८ वर्षीय मोहम्मद हकिमलाई पैसा दिएर खेतालाको रूपमा प्रयोग गरिएको थियो । उनीहरूलाई अमित शाहले जनही ४० हजार रुपैयाँ ‘सुपारी’ दिएका थिए । अनुसन्धानबाट ३ जनाले जनही ४० हजार लिएको खुलेको मोरङका एसपी जनार्दन जिसीले बताए । उनले भने–‘अनिल र अमित मुख्य मान्छे हुन्, अरूलाई जनही ४० हजार नेपाली रुपैयाँ दिएर प्रयोग गरेको देखिन्छ ।’

    अनिलको योजना सफल बनाउन हत्याको परिपञ्च मिलाउने र हत्या गर्ने मान्छे खोज्ने काम अमितले गरेका थिए । अमितले ४० हजार ‘सुपारी’ दिएर ३ जनासँग काम भएपछि १५ लाख रुपैयाँ दिने ‘डिल’ गरेको अनुसन्धानबाट थाहा भएको छ । ‘१५ लाखमा डिल भएपछि सबैजना मिलेर हत्या गरेको देखिन्छ,’ अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले भने–‘डिल अमितले गरेका थिए, हत्या गर्ने र खाल्डो खन्ने ३ जनाले अमितलाई मात्र चिन्छन्, अनिललाई चिन्दैनन् ।’ अहिलेसम्म खुलेका ५ जना आरोपीलाई पक्रेर जिल्ला प्रहरी कार्यालय मोरङले अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    फलेवासमा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

    पर्वत। वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् ।...

    स्ववियु निर्वाचनमा दलका नेताहरूको चहलपहल :धवलागिरी क्याम्पस

    बागलुङ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विद्यार्थीहरूका लागि गठन भएको साझा संस्था हो। यस संस्थाले...

    शैक्षिक उन्नयनमा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न जरूरी: प्रदेश प्रमुख भट्ट

    पोखरा। गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपालको शैक्षिक उन्नयनमा सेवा निवृत्त शिक्षकको अनुभव सदुपयोग गर्न...

    चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कर्मा’को टिजर सार्वजनिक भएको छ । निर्माणपक्षले शुक्रबार काठमाडौंमा एक कार्यक्रमकाबीच टिजर...

    वर पिपल चौतारी संरक्षण गर्दै लामाचौरका आचार्य परिवार

    शिशिर,पोखरा। पोखरामा रहेका प्राचीन चौतारा र वर पिपल मासिंदै गईरहेको बेला पोखराका बावुरामआचार्यको परिवार भने...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं