SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२२ गते
    ५५० &#२३४६;&#२३३५;&#२३२५;

    पशुपति क्षेत्र विकास कोषले आफ्नो क्षेत्रभित्र अनधिकृत रूपमा सञ्चालनमा रहेका अस्थायी टहरा हटाउने भएको छ।

    पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले कोषको ऐन, कानुन र निर्णयबाहेक अनधिकृत रूपमा बनाइएका अस्थायी टहरा हटाउने निर्णय कार्यान्वयन गर्न लागिएको जानकारी दिए।

    उनले शनिबार न्यूज एजेन्सी नेपालसँग संक्षिप्त प्रतिक्रिया दिँदै फूल, प्रसादीलगायतको व्यवस्थापनका लागि स्थायी संरचना बनेकाले अस्थायी खालका टहरा हटाउन लागिएको स्पष्ट पारे।

    प्रवक्ता अधिकारीले भने, ‘यसलाई हटाउने भन्ने विषयहरू मिडियामा आइराखेको छ। यसलाई हटाउने अथवा वर सार्ने वा यताउति गर्ने भन्दा पनि त्यसलाई व्यवस्थित गर्ने भन्ने बुझ्नुपर्दछ भन्ने मलाई पहिलो कुरा लाग्दछ। पशुपति क्षेत्रको आफ्नै ऐन, कानुन छ। त्यस अनुसार कुन ठाउँमा केलाई व्यवस्थित गर्ने, कुन ठाउँमा दर्शनार्थीलाई के सुविधा दिने भन्ने कुरा हाम्रो पोलिसी अन्तर्गत त्यहाँ पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीहरूका लागि फूलप्रसाद, त्यहाँ चढाउने मालाहरूको लागि केही पसलहरूको व्यवस्थापन गरेका छौं।’

    त्यसबाहेक अन्यत्र जस्तो जथाभावी पसल खोल्ने आफूहरूको नीति नभएको उनले स्पष्ट पारे।’छैन र हुनु पनि हुँदैन। केही अरू नि पसलहरू राखिएको थियो। व्यवस्थित ठाउँ बनाएपछि ती टहराहरूलाई हटाउन लागिएको हो।’

    कोषले पशुपतिनाथ मन्दिर दर्शनका लागि जाने दर्शनार्थीहरूका लागि आवश्यक फूलमाला, प्रसादी, चिनो लगायतका व्यवस्था स्थायी संरचना बनाएर व्यवस्था गरेको जनाएको छ।

    कोषका प्रवक्ता अधिकारीले दर्शनार्थीहरूको दर्शनका लागि आवश्यक पूजा सामग्री लगायतका धार्मिक सामग्री पर्याप्त मात्रामा रहेको बताए।

    प्रतिकृया दिनुहोस्

    Loading...

    खेलकुद महोत्सवमा आयोजित अन्तर जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि,स्याङ्जालाई

    पर्वत । गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सास्कृतिक महोत्सव पर्वतमा सम्पन्न अन्तर जिल्ला स्तरीय...

    कुश्मामा आज बद्री पंगेनीले आफ्नो प्रस्तुती राख्ने, तिम्रो राशी तुला पर्यो

    पर्वत । कुश्मामा जारी गण्डकी प्रदेश स्तरीय खेलकुद महोत्सवमा आज लोकगायक बद्री पंगेनीले आफ्नो प्रस्तुती...

    मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

    शिशिर, पोखरा। पोखराको बाटुलेचौरमा मुटु सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । पोखराकै अग्रणी...

    काँक्रोको बीउ उत्पादन गरेर छ करोड रुपैयाँ आम्दानी

    पर्वत। जिल्लाको फलेवास नगरपालिका–११ पाङ्राङका कृषकले काँक्रोको बीउ बिक्री गरेर रु छ करोड आम्दानी गरेका...

    “पर्वतमा एचपिभि खोप लगाउन शुरु”

    पर्वत । पर्वतमा महिलाहरुको पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपिभि खोप लगाउन शुरु भएको छ...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं