SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२२ गते
    ५९१ &#२३४६;&#२३३५;&#२३२५;

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मारवाडी सेवा समितिलाई आफ्नो पाँच महिनाको तलब दिने घोषणा गर्नुभएको छ । समितिको ६९औँ स्थापना दिवसका अवसरमा पशुपति धर्मसालामा आयोजना गरेको निःशूल्क कृतिम खुट्टा वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सो घोषणा गर्नुभएको हो ।

    समितिले नेपाली दुःखी, गरिब नागरिकको सेवामा सहयोग गर्दै आएको र उक्त सेवामा थप विस्तार तथा सहयोग पुगोस् भन्नका लागि आफूले मन्त्रीका हैसियतले पाउने पाँच महिनाको तलब दिने बताउनुभयो । उहाँले भन्नुभयो, “सेवा समितिले गर्दै आएको काम र सहयोग मलाई अति नै मनपरेको छ, उक्त सेवामा थप सहयोग पुगोस् भन्ने हेतुले म आफ्नो पाँच महिनाको तलब दिनेछु, सोमबारसम्म उक्त रकमको चेक हस्तान्तरण गर्नेछु ।” मारवाडी सेवा समितिले थप राम्रा काम गरोस् तथा दुःखी गरिबका लागि चाहिने आवश्यक सहयोग गर्न आफू पनि तयार रहेको उहाँको भनाइ थियो ।

    सो अवसरमा मन्त्री आलेले राजनीति पेसा नभएर सेवा भएकाले आफू पनि जनताको सेवा गर्नका लागि राजनीतिमा प्रवेस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “ जनताको सेवा गर्न म राजनीतिमा आएको हुँ, नेपालीको जनभावनाअनुसार काम गरीरहेको छु ।” मन्त्रालयअन्तर्गत भएका बिकृति, बिसङ्गतिबारे आफूलाई जानकारी गराउन आग्रह गर्दै मन्त्री आलेले भन्नुभयो, “सरकार कहाँ चुकेको छ, कहाँ कमजोरी भएको छ, खबर गर्नुहोस्, म तत्काल सुधार गर्ने छु, यो मेरो बाँचा भयो ।”

    उक्त कार्यक्रममा विभिन्न दुर्घटनामा परी खुट्टा गुमाएका नागरिकलाई निःशुल्क रूपमा कृतिम खुट्टा वितरण गरिएको पशुपति धर्मसाला गौलाका अध्यक्ष चर्तुभुज सरियाले जानकारी दिनुभयो । समितिले भुकम्पका बेलामा नागरिकलाई निःशुल्क खाना वितरणदेखि हालसम्म पाँच हजार ठाउँमा निःशुल्क रक्तदान कार्यक्रमको आयोजना गरी कम्तीमा पनि ५० हजार पीन्ट रगत सङ्कलन गरी रक्त सञ्चार केन्द्रलाई हस्तान्तरण गरिएको जानकारी गराएको थियो । सो समितिले खुट्टा गुमाएका नागरिकलाई निःशुल्क कृतिम खुट्टा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    नवौं पोखरा स्पोर्टस् अवार्डको तयारी सुरु, १२ विभिन्न उपसमिति गठन

    पोखरा । नवौं संस्करणको ‘पोखरा स्पोर्टस्’अवार्ड २०८१’ को तयारीमा तीव्रता दिइएको छ । आगामी बैशाख...

    गण्डकीका मन्त्री थापाद्वारा एसईई परीक्षा केन्द्रहरूको अनुगमन

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले आजदेखि सुरु भएको...

    छोरेपाटनको दुर्गा मन्दिरमा कोटी दिप प्रज्ज्वलन

    पोखरा । कास्की जिल्लाको पोखरा–१७, छोरेपाटनमा अवस्थित दुर्गा मन्दिर व्यवस्थापन समितिको आव्हानमा यही चैत्र २३...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं