SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/२० गते
    ५४८ &#२३४६;&#२३३५;&#२३२५;

    जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले भोलि शुक्रबारदेखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन ९आइपिओ० बिक्री खुला गर्ने भएको छ।

    संस्थाले ५ करोड २२ लाख रूपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आइपिओ जारी गर्न लागेको हो।

    लघुवित्तले निष्काशन गर्न लागेको कुल ५ लाख २२ हजार कित्ता शेयरमध्ये ०।५ प्रतिशत अर्थात ८ हजार कित्ता कर्मचारीलाई र सर्वसाधारणलाई छुट्याइएको शेयरमध्येको ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरेको छ।
    बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्ता शेयरका लागि सर्वसाधरणले आवेदन दिन सक्नेछन्।

    आइपिओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार माघ २१ गतेबाट बिक्री खुला हुने आइपिओमा २५ गतेसम्म आवेदन दिन सकिनेछ।

    इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।

    आइपिओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा रेटिङ नेपालले लघुवित्तलाई इक्रा एनपी आईआर डबल बि रेटिङ प्रदान गरेको छ।

    पोखरामा प्रधान कार्यालय भई हाल २० जिल्लामा लघुवित्त व्यवसाय सञ्चालन गरिरहेको छ। संस्थाको हाल १० करोड ७८ लाख चुक्ता पूँजी रहेकोमा सो शेयर निष्काशन पश्चात चुक्ता पूँजी १६ करोड रुपैयाँ हुनेछ।

    यो सँगै बोर्डका तत्कालीन अध्यक्ष भीष्म ढुंगानाको वर्खास्तिसँगै अवरुद्ध भएको आइपिओ निष्काशन प्रक्रिया सुरू भएको छ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सहिद तिवारीको २२ औँ स्मृतिमा भजन प्रतियोगिता,फलेवास नगर भजन समूह प्रथम

    पर्वत। पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी...

    सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

    पोखरा । गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत सार्वजनिक भएको छ ।...

    घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

    पोखरा। घान्द्रुकका हिमलाल परियार सातौं बे्रज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हबकबले...

    मुद्रण व्यवसाय जोगाउन व्यवसायीहरु एक जुट हुनुपर्ने ः उपाध्यक्ष बजिमया

    पोखरा । मुद्रण संघ कास्कीको १५ औं वार्षिकोत्सवको अवसरमा शुभकामना तथा बधाई कार्यक्रम आज सम्पन्न...

    पाचौं टाइगर कपः २ विदेशीसहित १२ टोली सहभागी, बढ्यो पुरस्कार राशि

    पोखरा ।पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १२ टोलीले...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं