SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/१९ गते
    ७१५ &#२३४६;&#२३३५;&#२३२५;

    उदयपुरको कटारी नगरपालिका–५ स्थित भोलेमा तामाङ समुदायले मनाउने महान् चाड २८५८ औं सोनाम ल्होछार (बाघ वर्ष)को अवसरमा कटारीमा बुद्ध पार्कको उद्घाटन गरिएको छ ।

    कटारी नगरपालिकाको १६ लाख लागतमा निर्मित बुद्धको मूर्तिसँगैको पार्क उद्घाटन गरिएको हो । कटारी नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठले पार्कले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । नेपाली काँग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले स्थानीय सरकार संस्कृतिको जगेर्ना गर्न प्रतिबद्ध रहनुका साथै बुद्धको नगर भनेर चिनाउने बताए ।

    राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाको सहभागिता रहेको थियो । मदन भण्डारी लोकमार्गसँगै निर्माण गरिएको पार्कले यस क्षेत्रको सौन्दर्यसमेत बढाएको स्थानीयले बताए ।

    यसैबीच कटारीमा पनि सोनाम ल्होछार मनाइएको छ । नेपाल तामाङ घेदुङ्ग संघ कटारीले तामाङ समुदायको धार्मिक, एवं सांस्कृतिक महान् पर्व ल्होछारको शुभकामना आदान प्रदान गर्दै मनाएको हो । कटारी नगरपालिका(३ को राजावासस्थित श्री साङ्गे छोयलिङ्ग बौद्ध गुम्बा परिसरमा तामाङ समुदाय भेला भई यो समुदायले ल्होछार पर्व मनाएका हुन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं