पर्वत । जलजला गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरूमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि पर्वतको जलजला गाउँपालिकाले अत्यावश्यक बाहेकका सेवाहरू स्थगन गरेको छ ।
जलजला गाउँपालिकाको कार्यालयका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर क्षेत्रीका अनुसार माघ १२ गते सोमबारदेखि माघ १७ गते सोमबारसम्मका लागि नगरपालिकाको कार्यालयदेखि वडा कार्यालयका सेवासम्म स्थगन गरिएको हो ।
हेर्नुहोस सूचना