SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/९ गते
    ८६८ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत | पर्वत जेसीजले २१ वर्षपछि दोस्रो महिला अध्यक्ष पाएको छ । २०२२ को नेतृत्वमा उषा चापागाईलाई निर्वाचित गराएको छ, त्यो पनि संस्थामा निरन्तर १५ वर्षको यात्रामा ।

    शनिवार सम्पन्न शाखाको २५ औँ अधिवेशन तथा २६ औँ वार्षिक साधारणसभाबाट चापागाई अध्यक्षमा सर्वसम्वत निर्वाचित हुनु भएको हो ।
    २००७ बाट पर्वत जेसीजमा आबद्ध चापागाईले १५ वर्षपछि नेतृत्व गर्ने अवसर पाउनु भएको छ ।

    शाखामा निर्देशक, उपाध्यक्ष, महिला कार्यक्रम संयोजक, सहकोषाध्यक्ष, कार्यकारीणी उपाध्यक्ष, कानुनी सल्लाहकार, महासचिवलगायत विभिन्न पदहरुमा रहेर कुशलतापूर्वक भूमिका निर्वाह गर्नु भएकी चापागाई २०२१ को महासचिवमा रहेर काम गर्नु भएको थियो ।
    २००१ मा सकुन्तला श्रेष्ठलाई शाखाले पहिलो महिला अध्यक्षको रुपमा पाएको थियो ।

    नवनिर्वाचित अध्यक्षको पारिवारिक पृष्ठभूमि नै जेसीज अभियानमा जोडिएको छ । उहाँका बुबा बसन्त बहादुर सिके चापागाई पर्वत जेसीजको मानार्थ सदस्य तथा काका अर्जुन चापागाई शाखाका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका पूर्व कार्यकारीणी उपाध्यक्ष समेत भइसक्नु भएको छ ।

    यसैगरी शाखाको कार्यकारीणी उपाध्यक्षमा विष्णु प्रसाद तिवारी, अमृत प्र. पोखरेल, उपाध्यक्षहरुमा सत्येन्द्र श्रेष्ठ , अच्युत पौडेल, गोकुल चापागाईं, बिद्या आचार्य र निर्देशक पदमा प्रतीक्षा क्षेत्री , अर्जुनराज पुरी निर्बिरोध निर्वाचित भएका छन् ।

    साथै अध्यक्ष चापागाईले महासचिवमा हेमन्तबाबु आचार्य, कोषाध्यक्षमा सुरज श्रेष्ठ, कानुनी सल्लाहकारमा विनोद आचार्यलाई मनोनित गर्नु भएको छ ।

    शाखाका संस्थापक अध्यक्ष सिनेटर दुर्गाप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता तथा शाखाका अध्यक्ष सुमन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका २० जना भन्दा बढी पूर्व अध्यक्षहरुको भेलाले साधारणसभा सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव उषा चापागाईले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं