SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/१०/३ गते
    ५१० &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । पर्वतको आम्वोट स्थित पोखरा-बागलुङ सडकमा सोमवार दिउँसो यात्रुबहाक बस र मोटरसाईल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा मोटरसाईकल चालक पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङका ३८ वर्षिय प्रितम गुरुङ रहेका छन् ।

    पोखरावाट पर्वत तर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्वरको मोटरसाईकल र बागलुङवाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्वरको बस मोदी गाउँपालिका वडा नं. ५ आम्वोट नजिकै पोखरा-बागलुङ सडकमा एकआपासमा जुधेका हुन् ।

    दुर्घटनामा गम्भीर घाईते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहीरी निरिक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।

    बसमा सवार यात्रु भने सकुसल रहेका छन् । दुवै तर्फका सवारीसाधन तीब्र गतिमा भएका कारण ठोकिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सन्दर्भ: ग्रामीण पर्यटन सफा अनि सुन्दर मार्फा गाउँ

    “क्या राम्रो स्याउ बारी मार्फा गावैमा ” स्व.बसन्ती लालचनको यो लोकप्रिय गीतले म भित्र मार्फा...

    भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीकाे शुभकामना आदान प्रदान

    रामप्रसाद पौडेल पोखरा। भूमे मैदान बहुउद्धेश्यीय सामूदायिक समूह घार्मीले नेपालीहरुकाे महान चाड दशै तिहारकाे उपलक्ष्यमा...

    पर्बत समाज अमेरिकाको छैठौं अधिवेशन सम्पन्न, अध्यक्षमा रविन शर्मा सर्वसम्मत निर्वाचित

    अमेरिका । पर्बत समाज अमेरिकाको छैठौं अधिवेशनले अध्यक्षमा रविन शर्मालाई दोश्रो कार्यकालका लागि सर्बसम्मत निर्वाचित...

    क्षेत्री समाजले कलश यात्रा र महाआरती गर्ने

    शिशिर उजाड पोखरा । क्षेत्री समाज नेपाल पोखरा १६ ले नवदुर्गाको सप्तमीका दिन कलश यात्रा...

    हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने

    हङकङ। हङकङमा दीप साँझ, पोखरेली ब्याण्ड “ओपन सी” र मेलिना राईको प्रस्तुति रहने हङकङ– नेपालीहरुको महान...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं