SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/९/३० गते
    ९७१ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत । दक्षिण पर्वतको विहादी गाउँपालिका स्थित सेतीवेणीमा रहेको विश्वकै ठुलो शालिग्राम शिलामा माघे संक्रान्ति मेला लगाउन रोक लगाईएको छ ।

    बढ्दो कोभिड संक्रमणक कारण मेला लगाउन रोक लगाईएको हो । पछिल्लो केहि दिन यता कोरोना संक्रमण बढ्दै गएको र गृह मन्त्रालयले समेत २५ जना भन्दा बढि भेला नहुन आदेश जारी गरेका बेला मेला लगाउन रोक लगाईएको विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले जानकारी दिनुभयो ।

    पर्वत, स्याङ्जा र गुल्मीको संगम स्थल सेतीवेणीमा हरेक वर्षको माघे संक्रान्तिमा ठुलो मेला लाग्ने गर्दछ । यहाँ मेला भर्नका लागि स्वदेश तथा विदेशवाट समेत भक्तजनहरु आउने गर्दछन् । विहादी गाउँपालिकाले सुचना जारी गर्दै सेतीवेणीमा लाग्ने माघे संक्रान्तिको नियमित मेला, महोत्सव लगायत अन्य भिडभाड जन्य कार्य नगर्न नगराउनुहुन अनुरोध गरेको छ ।

    केहि दिन अघि जिल्ला प्रशासन कार्यालयमा बसेको कोभिड व्यवस्थापन समितिको बैठकले पनि पुस ३० गते राती १२ बजेदेखि २५ जना भन्दा बढि भेला नहुने आदेश जारी गरेको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं