SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२५ गते
    ५१४ &#२३४६;&#२३३५;&#२३२५;

    लाहोर । पाकिस्तानमा हिन्दु मन्दिर ताेडफाेड गरेकाेप्रति नेपाल मानवअधिकार संगठनले आपत्ति जनाई आवश्यक कार्यवाहीकाे माग गरेकाे छ ।  पाकिस्तानको पञ्जाब बुधबार एउटा स्थानीय मदरसामा आठ वर्षीय हिन्दू बालकले पिसाव फेरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो। तर, अदालतले उनलाई रिहाइ गर्न आदेश दिएपछि रहिम यार खान जिल्लाको भोंग सहरमा सयौं मुस्लिमहरुले बालकको रिहाइकाे विरोध गर्दै हिन्दू मन्दिरमा तोडफोड गरेका थिए।

    साे घटनाबारे नेपाल लगायत विश्वका विभिन्न हिन्दु संगठनहरुले भ्रत्सना गरेका छन साथै कुनैपनि धर्ममाथि अघात गर्नु मानव अधिकारकाे हनन गर्नु नै रहेकाले यथाशीघ्र कार्यवाही गर्न माग गरिएकाे छ ।

    ‘हामीले घटनामा संलग्न रहेको आशंकामा २० भन्दा बढी संदिग्धहरुलाई पक्राउ गरिसकेका छौं’, रहिम यार खानका जिल्ला प्रहरी अधिकारी (डीपीओ) असद सरफराजले भने । भिडियो फुटेजको माध्यमबाट संदिग्धहरुको पहिचान गरिरहेको हुनाले आगामी दिनहरुमा थप केही व्यक्ति पक्राउ पर्ने उनले बताए ।

    उनले मन्दिर तोडफोड गरेको आरोपमा १५० जनाभन्दा बढीविरूद्ध आतंकवाद र पाकिस्तान दण्डसंहिताको विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरिएको जानकारी दिए। ‘हामी यो अपराधमा संलग्न प्रत्येक संदिग्धलाई पक्राउ गर्नेछौं। सर्वोच्च अदालतको आदेशमा मन्दिरको जीर्णोद्धारको काम सुरु गरिएको छ,’उनले भने।

    यस्तै सर्वोच्च अदालतका मुख्य न्यायाधीश गुलजार अहमदले शुक्रबार भएको घटना रोक्न असफल भएको भन्दै प्रहरीको आलोचना गरेका छन्। उनले आठ वर्षीय बालक पक्राउप्रति पनि आपत्ति जनाएका छन्। नाबालिगहरुको मानसिक क्षमता बुझ्न असमर्थ रहेको भन्दै उनले प्रहरीको आलोचना गरेका छन्।

    यता नेपालमा हिन्दु मन्दिर ताेडफाेडकाे भिडियाे भाइरल हुदा हिन्दु परिषद नेपाल लगायतका हिन्दुबादी संगठनहरुले विराेध प्रदर्शन शुरु गरिरहेका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं