SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२१ गते
    ५१५ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । उच्च शिक्षाका अध्ययनका लागि पूर्वराजा ज्ञानेन्द्र शाहका नाति हृदयेन्द्र शाह अमेरिका जाने भएका छन् । हृदयेन्द्रले रविभवनस्थित लिंकन स्कुलबाट कक्षा १२ पास गरेका थिए ।

    अमेरिका जानका लागि सबै प्रक्रिया पूरा भइसकेको र केही दिनपछि नै उनी अमेरिका जाने निर्मल निवास स्रोतले जनाएको छ । हृदयेन्द्रले अमेरिकास्थित अध्ययन गर्ने विश्वविद्यालयको नाम भने गोप्य राखिएको छ ।

    पूर्व नवयुवराज समेत रहेका हृदयेन्द्रको जेठ ९ गते कक्षा १२ को पढाई पूरा गरेर अनलाइनबाट दीक्षित भएको फोटो तथा शैक्षिक प्रमाणपत्र फेसबुकमार्फत सार्वजनिक भएको थियो। शैक्षिक प्रमाणपत्रमा उनको नाम हृदयेन्द्र वीरबिक्रम शाह रहेको छ ।

    हृदयेन्द्रले काठमाडौंको सुरुमा रुपिज इन्टरनेश्नल स्कूल त्यसपछि लिंकन स्कूलमा अध्ययन गरेका हुन् । सन् २००२ मा नारायणहिटी राजदरबारमा जन्मिएका हृदयेन्द्र अहिले १८ वर्षका पुगेका छन् । उनका दुई दिदिहरु पूर्णिका र कीर्तिकाले थाईल्यान्डमा अध्ययन गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    पर्वतका अर्जुनप्रसाद जोशी सहित,कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनित

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ८ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् ।सभापति...

    काठमाडौंका सबै सामुदायिक विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनमा

    काठमाडौं । काठमाडौं महानगरपालिका सबै सामुदायिक विद्यालय बन्द भएका छन् । विद्यालय शिक्षा विधेयककाे विरुद्धमा...

    शेखरले ,देउवालाई भेटेर दिए कार्यशैली सच्याउन चेतावनी

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई कार्यशैली सच्याउन आग्रह गरेका...

    उपत्यकाको ट्राफिक,शिक्षकको आन्दोलनका कारण व्यवस्था अस्तव्यस्त

    काठमाडौं । शिक्षकहरुको आन्दोलनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था अस्तव्यस्त भएको छ । माइतीघर मण्डलामा...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं