SuchanaKendra

  • Radio Kushum


  • आज : २०८० आश्विन १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१४ गते
    ५५८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपाललाई भेट्न प्रचण्ड कोटेश्वर पुगेका थिए । त्यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच कुराकानी भएको थियो । प्रधानमन्त्री देउवालाई बालुवाटारमा पुगेर भेटेका प्रचण्ड नेता नेपाललाई भेट्न उनको निवास पुगेका हुन् । सत्तारुढ गठबन्धनले एमालेको नेपाल समूहलाई पनि सरकारमा सहभागी हुन आग्रह गरिरहेको छ । तर नेता नेपालले भने पार्टी एकताको प्रक्रिया चलिरहेकाले सरकारमा सहभागी हुनेबारे प्रष्ट कुरा राखेका छैनन् । सत्ता समीकरणको भागबण्डा मिल्न नसक्दा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । मन्त्रिपरिषद्मा कांग्रेसका दुई मन्त्री र एक राज्य मन्त्री छन् भने माओवादी केन्द्रका दुई मन्त्री छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री देउवाले  नै चलाइरहेका छन् ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    शिक्षकको आन्दोलन बानेश्वरमा प्रहरी हस्तक्षेप (तस्वीरहरु)

    काठमाडौं । राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यालय शिक्षा विधेयकमा असहमति राख्दै...

    गृहमन्त्रीको डाक्टरमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने प्रतिवद्धता

    काठमाडौं । चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि आक्रमणमा संलग्नहरुमाथि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ अनुसार...

    निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आयो

    काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको निःशुल्क कम्पनी दर्ता र पूँजी वृद्धिको व्यवस्था कार्यान्वयनमा आएको...

    न्यौपानेविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउने तयारी,सेयरको भित्री कारोबार गरेको आरोपमा

    काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इनसाइड ट्रेडिङ) गरेको आरोपमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले रिडी...

    प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

    काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं