SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/१० गते
    ६३४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत,|  पर्वत जिल्लामा सरकारी कार्यालय होस वा प्रहरी कार्यालय नै किन नहोस पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर नगए सम्म काम बन्दैन भन्ने आम मानिसको धारणा छ । राजनैतिक दलका नेताहरुले प्रहरी र प्रशासन तथा सरकारी कार्यालयमा पुगेर भनसुन गरिदिए बापत राजनैतिक लाभ लिँदै आएका पनि छन । तर पर्वतमा भर्खर सरुवा भएर आएका जिल्ला प्रहरी कार्यालय पर्वतका वास्तविक पिडीत र सेवाग्राहीले कुनै नेतालाई बोकेर आउन नपर्ने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन ।

    जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा भएर आएका प्रहरी नायब उपरिक्षक(डिएसपी) शिबराज बुढाथोकीले सञ्चारकर्मीहरु संगको अन्तरकृयामा प्रहरी कार्यालयमा आउँदा कुनै पनि सेवाग्राही र पिडीतले दलका नेता बोकेर आउने प्रथाको अन्त्य गर्ने प्रतिबद्धता जनाएका हुन ।

    पिडित सोझै कार्यालय र मलाई सम्पर्क गरेर आफ्नो समस्या राख्न आए हुन्छ।’ उनले भने ‘कुनै नेताको हात समाएर पिडीत कार्यालयमा आउने अबस्थाको अन्त्य हुनुपर्दछ।’ सरकार परिर्वतन संगै प्रहरी र प्रशासनको कार्यशैली पनि परिर्वतन हुँदै आएको आरोपको समेत खण्डन गर्दै डिएसपी खड्काले राष्ट्रसेवक कर्मचारीलाई सरकार परिर्वतनले कुनै असर गर्ने र आफ्नो पदिय जिम्बेवारीलाई निर्धक्क पुरा गर्नुपर्ने बताए ।

    ‘हामी कुनै दलका झण्डा बोक्ने कार्यकर्ता होइनौ।’ उनले भने ‘राष्ट्रसेवक कर्मचारी भएकाले जुन दलको सरकार आएपनि संगठनको निती अनुसार निष्पक्ष भएर काम गर्नुपर्छ, सरकार परिर्वतनले असर गर्नुहुुँदैन ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं