SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७८/४/२ गते
    ४६० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । पार्टीमा फेरि अन्तरविरोध बढेको भन्दै नेकपा एमालेका दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन् । शनिबार सिंहदरबारमा भएको अनौपचारिक छलफलमा गत असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन र पार्टी एकता जोगाउने विषयमा छलफल भएको एमाले सचिव गोकर्ण विष्टले जानकारी दिए । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवुकमार नेपाल पक्षका नेताहरुले असार २७ मा १० बुँदे सहमति गरे पनि सहमति कार्यान्वयन नहुँदै अध्यक्ष ओली र नेता नेपालबीच अन्तरविरोध बढेको छ ।

    शुक्रबार अध्यक्ष ओलीले राखेको स्थायी कमिटी र संसदीय दलको बैठकमा नेपाल पक्षका नेताहरु गएनन् । स्थायी कमिटी बैठक स्थलमा पुगेर नेपाल पक्षका कार्यदल सदस्यहरुले बैठक रोक्ने र १०बुँदे सहमति कार्यान्वयन गर्न आग्रह गरेका थिए । तर अध्यक्ष ओलीले बैठक रोकेनन् । आफ्नो पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीबाट १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल खारेज गर्ने निर्णय गराएका थिए ।

    शनिबार भएको अनौपचारिक बैठकमा कार्यदलका सदस्य १० जना नेता र पार्टी सचिव भीम आचार्य सहभागी भएका थिए । सबै नेताहरुले १० बुँदे सहमति कार्यान्वयन गरेर एकता जोगाउनुपर्छ भन्ने मत राखेका सचिव विष्टले बताए । एमाले नेता सुवासचन्द्र नेम्वाङले दश बुँदे सहमति कार्यान्वयनमा जोड दिइएको बताए । ‘दश बुँदे सहमतिलाई स्थायी कमिटीले अनुमोदन गरिसकेको छ । अब त्यसलाई कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउनुपर्दछ भन्नेबारे आज हामीहरुबीच छलफल भएको हो,’ उनले भने, ‘त्यसलाई कार्यान्वयन गर्दै अगाडि बढ्नुपर्छ भन्नेमा सबैको जोड छ ।’

    प्रतिकृया दिनुहोस्

    Loading...

    राहत शिक्षक सरकारसँगको सहमतिमा असहमत, हस्ताक्षर नगरी बाहिरिए

    काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् ।राहत शिक्षक...

    आन्दोलनरत शिक्षक र सरकार बीच वार्ता सुरु

    काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच वार्ता सुरु भएको छ । वार्ता...

    बाल सुधार गृह बाँके बाट भागेका ९ जना अझै सम्पर्क विहीन

    बाँके । बाँकेको डडुवा गाउँपालिका-६ मा रहेको जयेन्दु बालसुधार गृहमा भएको झडपपछि भागेका कैदीबन्दीमध्ये ९...

    शिक्षकका जायज मागहरु सम्बोधन हुने गरी वार्ता आजै टुङ्गोमा पुर्‍याउन कावा प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विभिन्न माग राखी विरोध जनाइरहेका शिक्षकहरुसँगको वार्ता...

    सरकार र आन्दोलनरत शिक्षक बीच गृह मन्त्रालयमा वार्ता

    काठमाडौं । आन्दोलनरत शिक्षकको मागको विषयमा बिहीबार साँझ गृह मन्त्रालयमा वार्ता सुरु भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं