SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७७/२/१७ गते
    ११९२ &#२३४६;&#२३३५;&#२३२५;

    रुकुम । गत शनिवार देखि रुकुम जाजरकोट घटना निकै चर्चीत भएको छ । शनिवार प्रेमीका लित भन्दै रुकुम गएका जाजरकोटका नवराज विक स्थानियको आ’क्रमणमा परि निधन भयो । उनको शव भेरी नदिमा फेला परेको थियो । उनीसंगै गएका साथी मध्य ४ जनाको शव फेला परेको छ भने अझै एक जना हराइरहेका छन् । नवराजको प्रेमीका भनिएकी युवतीको गाउँमा गएका उनीहरुलाई स्थानियले ल’खेट्ने क्रममा उनीहरु भागेको बताइएको छ । पोष्टमार्टम रिपोर्टमा कु’टपि’ट गरेको देखिएको भनिएको छ ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    घटनाको अनुसन्धान जारी छ । यसै अवस्थामा नवराजको प्रेमिका भनिएकी युवतीका भाईले आफ्नो दिदी र नवराजको प्रेम सम्बन्धका बारेमा केही कुरा खुलाएका थिए । उनले नवराज लागु औ’ष’ध ‘दु’ब्र्य’सनी भएको र आफुलाई पनि खान प्रोत्साहन गर्ने गरेको बताएका थिए । नवराजको सोही वानीका कारण आफ्नो दिदीसंग उनको प्रेम सम्बन्ध छुटेको उनका भाईले बताएका छन् ।

    युवतीको भाईको यस्तो कुरा वाहिरिए पछि नवराजसंग लामो समय संगत गरेका विशाल विकले पनि केही कुरा खुलाएका छन् । उनले आफुलाई नवराजको दाई भन्दै परिचय जनाएका छन् । विशाल नवराजका साथी र छिमेकी पनि बताएका छन् । नवराज गाउँको स्थानिय खेलाडी पनि भएको बताएका छन् । उनले नवराज ला’गू औ’षध’ प्रयोगकर्ता नभएको बताएका छन् ।

    उनले नवराजलाई लगाएको त्यो आरोप सरासर झुट भएको बताएका छन् । उनले एक महिना अघि पनि युवतीको भाई आएर नवराजको घरमा बसेको पनि बताएका छन् । विशालले नवराज र ति युवतीको प्रेमका बारेमा आफु पनि जानकार भएको बताएका छन् । नवराजको घरमा आएर बसेको आफुले पनि देखेको पनि बताएका छन् । आफुसंग पनि युवतीको फेसवुकमा कुराकानी भएको र तिमी नवराजको प्रेमिका हो ? भनेर प्रश्न गर्दा हो म नवराजको प्रेमीका हो भनेर भनेको बताएका छन् ।

    उनले नवराजले फेसवुकमै ति युवतीलाई श्रीमती (बुडी) भनेर सम्बोधन गरेको बताएका छन् । नवराज प्रहरी सेवामा जाने तयारीमा रहेको पनि उनले बताए । विशाल आफु पनि नवराजसंगै प्रहरी सेवामा काम गर्ने तयारीमा रहेको बताएका छन् । तीन स्थानमा लगाएको फर्म मा नाम निस्किएको र अन्तरवार्ता मात्र बाँकी रहेको बताएका छन् । पाँच महिना अघि नेपालगन्जमा प्रहरी सेवाका लागि दिएको निवेदनमा पास भएको र अन्तरवार्ताको काम बाँकी रहेको बताएका छन् ।

    उनले नवराज र शुष्माको सम्बन्धमा पछिल्लो समय भने चिसोपन आएको आफुले थाहा पाएको बताए । पछिल्लो पटक एक महिना अघि नवराज युवतीको घरमा जाँदा खटपट भएको आफुले थाहा पाएको बताए । उनीहरुबीचमा खटपट भएको थाहा पाएको तर त्यसको कारण के हो मलाई थाहा छैन । ति साथीले केटीको मोवाइल पनि नवराजसंगै भएको नयाँ कुरा उनले खुलाएका छन् । नवराजको शव फेला पर्दा युवतीको मोवाइल पनि उनकै झोलामा फेला परेको उनले बताएका छन् । त्यो मोवाइल अहिले प्रहरीसंग भएको बताए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पर्वतको विहादी गाउँपालिका १ बाच्छामा जीप दुर्घटना १ को मृत्यु

    पर्वत । बाग्लुङको जैमुनि गाउँपालिका बाट कुश्मा तर्फ आउदै गरेको ध १ च २८२ नम्बरको...

    पोखराका मेयर आचार्य र अर्थमन्त्री पौडेल र लाई हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

    काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका...

    प्रदेश अस्पताल पर्वतमा आँखा शिविर संचालन, ८६ वर्षको उमेरमा नयाँ संसार देख्न पाएको भन्दै खुःसी व्यक्त

    पर्वत। दुई वर्षदेखि बिसौ वर्षसम्म आँखा सम्वन्धि समस्या बल्झाएर बसेका ८६ वर्षको उमेर सम्मका बृद्धको...

    भोजपुरी गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक, सागर लम्साल र शिल्पा पोखरेलको अभिनय

    बर्दिवास ।भोजपुरी संगीत पारखीहरूका लागि नयाँ गीत ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ ।...

    निर्माताद्वारा ‘एक्टर: टेक वन’को प्रदर्शन स्थगित, ‘एक्टर’का निर्माता विरुद्ध अदालतमा मुद्दा

    काठमाडौं। प्रदर्शनकै क्रममा रहेको नेपाली चलचित्र ‘एक्टर: टेक वन’ का निर्माताहरूले चलचित्रको प्रदर्शन स्थगित गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं