SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१९ गते
    ९६१ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौ । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरु फरार रहेको एक बयान दिएका थिए । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको उद्योग वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले उखु किसानहरुलाई पैसा नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिने क्रममा मन्त्री भुसालले सरकारले एक्शन लिएपछि मालिकहरु नै भागेको दावी गरे । राज्यबाट उद्योगी भागे भन्ने जवाफ मन्त्रीले दिनु कति जायज हो जनताले छुट्याउने कुरा हो । तर राज्य किन निरिह बन्दछ भन्ने प्रश्न भने यो घटनालेपनि अवश्य उठाएको छ ।

    समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले किसानको पैसा तत्काल दिलाउन र आलटाल गर्नेलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको थियो। उखुको पैसा नदिएको भन्दै आन्दोलनरत उखु किसानहरु संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएपछि समितिले उक्त निर्देशन दिएको हो। बैठकमा मन्त्रि भुसालले किसानहरुको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका मालिक वीरेन्द्र कनौडिया सरकारदेखि भागेको र सरकारले खोजिरहेको बताए।

    समितिमा उपस्थित भएका उखु किसानहरुले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताएका छन्। त्यस्तै सरकारले दिने अनुदान समेत नपाएको र उखु मिलले समेत उचित मूल्य नदिएको गुनासो किसानहरुको थियो। किसानहरुले उखुको भुक्तानी पाउनुपर्ने भन्दै केही दिनदेखि काठमाडौंको माइतिघरमा आन्दोलन गरेका थिए । सरकारले उचित समाधान दिएपछि आन्दोलन मत्थर भयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं