SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/१८ गते
    १११२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । सरुवा भएको दुई हप्तासम्म जिल्ला नछोडेका जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी)दान बहादुर मल्लले चितवन छोडेका छन् । मल्लले शुक्रबार रवाना बुझेको प्रदेश–३ प्रहरी कार्यालयका डिआइजी शेरबहादुर बस्नेतले पुष्टि गर्नुभएको छ । डिआइजी बस्नेतका अनुसार रमाना बुझेको विषयमा मौखिक जानकारी आइसके पनि लिखित जानकारी आएको छैन ।

    एसपी मल्लले आज डिएसपीलाई चार्ज बुझाएर दरबन्दीको लागि रवाना लिएको जानकारी दिइएको छ । मल्ल आज नै काठमाडौं आउने तयारी गरिरहेको जनाइएको छ । सरुवा भएको लामो समयसम्म जिल्ला नछाड्ने अडानमा रहेका मल्लको चौतर्फी आलोचना भइरहेको थियो ।

    मल्लले आफूले तत्कालै चितवन नछाड्ने विभिन्न सञ्चारमाध्यमलाई समेत बताएका थिए । मल्ललाई प्रहरी प्रधान कार्यालयले पुस ४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो । अब चितवनमा एसपी मल्लको स्थानमा प्रहरी प्रधान कार्यालयले एसपी गंगा पन्तलाई पठाएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं