SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/९/८ गते
    १४५९ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । हालै सम्पन्न झारखंड विधानसभा चुनावमा भाजपा कमजोर भएको छ । यहाँ भाजपा कांग्रेस झामुमो गठबन्धनसँग पराजित भयो । पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको नेतृत्वमा रहेको महागठबन्धनले ४७ सीट जित्दै बहुमत प्राप्त गर्‍यो । अर्को तिर बीजेपी ८१ सीटको विधानसभामा केवल २५ सीटमा सिमित भयो ।

    सोमबारको नतिजा पछि कांग्रेस अध्यक्ष सोनिया गान्धी र पूर्व अर्थमन्त्री पी चिदम्बरमले भाजपालाई कडा जवाफ फर्काएका छन् । सोनियाले धर्म र जातिको आधारमा मानिसहरूलाई विभाजन गर्ने भाजपाको प्रयास असफल भएको भनेकी छिन् ।

    उनले यो जीत वर्तमान परिस्थितिमा धेरै महत्वपूर्ण भएको पनि खुलाएकी छिन् । भाजपाको विभाजनकारी एजेन्डालाई अस्वीकार गरेकोमा झारखंडका जनतालाई धन्यवाद दिदै कांग्रेस नेता एवं पुर्व अर्थमन्त्री पी। चिदम्बरमले भाजपाको पराजयलाई जनताको जित भनेका छन् ।

    उनले ट्वीट गरेर यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन, ‘२०१९ मा यो बीजेपीको कहानी हो । हरियाणामा कमजोर, महाराष्ट्रमा अस्वीकृत र झारखंडमा हरायो । भारतको संविधान बचाउन सबै गैर बीजेपी पार्टीहरू आएर कांग्रेससँगै जुलुस गर्नुपर्दछ ।’ यो भन्दा पहिले कांग्रेस पुर्व अध्यक्ष राहुल गान्धीले पनि जनताले भाजपाको एजेन्डा मन नपराएको बताएका थिँए ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी

    पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...

    गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने

    पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...

    आजदेखि पोखरामा दाइँ महोत्सव

    कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...

    संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित

    शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं