SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/७ गते
    १४२५ &#२३४६;&#२३३५;&#२३२५;

    चितवन । भरतपुरको बिच भागमा राति राति बाईक, ठेलामा वोकेर ल्याइ फोहोर फाल्ने, बातावरण दुर्गन्धित पार्ने र त्यहि फोहोर बिहानको समयमा सरसफाई गर्ने केहि व्यक्तिहरु हाम्रो स्मार्ट क्यामेरामा कैद भएका छन। आज यो सामाग्रीको बिस्तृत जानकारी दिंदै छौं। देशकै बैकल्पिक राजधानीका रुपमा चिनिने चितवन जिल्लाको मुटु भरतपुर अझ भनौ भरतपुर महानगरको मुटु सरकारी कार्यालयहरुको बीच भागमा पर्ने नेपाल टेलिकम देखि बाइपास रोड निस्कने सडक यति दुर्गन्धित छ कि , कुरा गरेर साध्य नै छैन। यो सभ्य शहरमा यति सम्म अशभ्य मानिसहरुको पनि बास रहेछ भन्ने यो उदाहरण हुन सक्छ।

    सरकारी कार्यालयहरुको बीच भागमा पर्ने नेपाल टेलिकम देखि बाइपास रोड, हो यहि रोड हो , जहाँ तपाई नाक मुख नछोपी हिड्ने आँट गर्न सक्नुहुन्न्न। यस क्षेत्रमा बिभिन्न अस्पतालजन्य, प्लास्टिक, सिसा र मासु पसलबाट ल्याइएका कुखुराका भुत्ला लगायत हानिकारक र प्रदूषित फोहोरहरु भेटिन्छन।

    यस बिषयमा बिभिन्न सामाजिक संस्था र मिडियाले आवाज उठाए पनि कुनै प्रगति हुन सकेको छैन । त्यसोत शहरलाई फोहोर बनाउने हरु , फोहोरी हरु राति राति आएर फोहोर फाल्ने रहेछन। रातभरी त्यो गनाउने ठाउँमा डिउटी गर्न पनि गारो मान्छेलाई। त्यसैले नारायणी दैनिक र स्मार्ट होम सोलुशन प्रा लि, भरतपुरको सहयोगमा स्मार्ट आईपी क्यामेरा जडान गरेर त्याहाँ फोहोर फाल्ने मध्य केहीलाई क्यामेरामा कैद गर्न सफल भएका छौं।

    हो यिनै हुन , तपाई देख्न सक्नुहुनेछ भिडियोमा बाईकमा दुई जना आएर दुईवटा पोको फालेका छन। त्यस्तै अर्को दृश्य देख्न सक्नुहुनेछ एक ठेला भरि फोहोर लेराएर त्यहाँ फोहोर फालेको छ। फोहोरको उचित ब्यावस्थापन गर्नुपर्छ , तर यहाँ भरतपुर महानगरको बिचमा जहाँ धेरै भन्दा धेरै सरकारी कार्यालय रहेको छ । न त्यो कुनै डम्पिङ साईटनै हो तर पनि मानिसहरु लुकी लुकी बर्षौ देखि फोहोर फाल्दै आएका छन। स्मार्ट सिटि बन्नलाई यस्तो मानसिकता भएको मानिसले सम्भव होलात ? त्यस्तै हाम्रो क्यामेरामा राम्रो काम गर्ने मान्छेको पनि भिडियो कैद भएको रहेछ। केहि मानिसहरु त्यहीं ठाउँमा फोहोर सफा गर्दै गरेको र फोहोर उठाएको दृश्य पनि देख्न सकिन्छ। उहाँहरुलाई मनै देखि सम्मान गर्न कन्जुस्याइँ भने गर्न हुँदैन।

    तर यो समस्या धेरै पहिले देखि को हो, कोहि फोहोरी हरु राति आएर लुकी लुकी फोहोर फाल्छन अनि केहि सामाजिक संस्था र केहि व्यक्तिले त्यसलाई सरसफाई गर्ने गर्छन , आँखिर यो कहिले सम्म रु हामीले हाम्रो तर्फ बाट गर्ने सहयोग गरेको मात्र छौं , प्रशासनले यस बिषयमा तुरुन्त कदम चलाओस र ति भिडियोमा देखिएका प्रतिनिधि पात्रहरुको पहिचानमा अनुसन्धान केन्द्रित गरोस।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश

    पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...

    पोखराको सेफ जोन सेक्युरिटी प्रालिले उत्कृष्ट कार्य गर्ने कर्मचारीहरुलाई सम्मान

    पोखरा। पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा संचालित सेफ जोन सेक्युरिटी प्रालिले आफ्नो प्रथम वार्शिकोत्साब...

    नेकपा एमाले पोखरा १९ मा कोमल

    शिशिर पोखरा ।नेकपा एमाले वडा कमिटी पोखरा १९ को सम्पन्न वडा अधिवेशनले कोमल प्रसाद बास्तोलाको...

    पोखरा १५ बृहत् खेलकुद महोत्सवः फुटबल, भलिबल, ब्याडमिन्टनका खेलहरू जारी

    पोखरा । पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सवमा विभिन्न खेलहरु जारी...

    उद्योग वाणिज्य संघ कृष्णनगरका नव निर्वाचित पदाधिकारी हरूको सपथग्रहण सम्पन्न

    कपिलवस्तु । जिल्लाकाे कृष्णनगर उद्योग वाणिज्य संघमा निर्वाचित नया पदाधिकारीहरुले एक कार्यक्रमका बिच शपथग्रहण गरेका...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं