SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/८/१ गते
    ९८८ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं । हालै भारतले नेपालको कालापानी, लिपुलेक लगायतको भुभाग अतिक्रमण गरेको छ । अहिले नेपालका यसको खुलेरै विरोध भइरहेको छ । भारतले अतिक्रमण गरेको नेपाल भुमिमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को विद्यार्थी भातृसंगठन अनेरास्ववियुले नेपाली झण्डा फहराएको छ ।

    भारतिय सिमा सुरक्षा वल (एसएसबि) को प्रतिकार गरि इलामको सन्दकपुर गाउँपालिका वडा नं.४ मा भारतले अतिक्रमण गरेको भुमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले आज नेपालको राष्ट्रिय झन्डा फहराएको हो । केही समय अगाडि गाउँपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाइ निर्माण अवरुद्ध गरि भारतले कब्जा जमाएको उक्त क्षेत्रमा अनेरास्ववियुले झण्डा फहराएको अनेरास्ववियुका नेता आरसी लामिछानेले जानकारी दिए ।

    सो अतिक्रमण गरेको जमिनमा अनेरास्ववियुले नेपालीको राष्ट्रिय झन्डा फहराउन खोज्दा भारतिय सिमा सुरक्षा वल (एसएसबि)ले वल प्रयोग गरेपछि सामान्य झडप समेत भएको थियो । झडपमा एसएसबिका एक जवान सामान्य घाइते भएका छन । अनेरास्ववियुका नेता रबिन्द्र सुवेदीको नेतृत्वमा गएको टोलिले भारतद्वारा निशेधित क्षेत्र भनिएर लेखिएको वोर्ड समेत भत्काएर फ्याकिदिएका छन ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    कुश्मा नगरपालिकाकामा माघ २२ गतेदेखि दश वर्षदेखि १४ वर्षसम्मका किशोरीहरुलाई एचपिभि खोप लगाईने

    पर्वत । पर्वतको कुश्मा नगरपालिकाका एक हजार पाँच सय किशोरी अर्थात छात्रालाई पाठेघरको मुखको क्यान्सर...

    शिक्षकलाई निजामती कर्मचारी सरह बनाउनु पर्छः सभापति थापा

    शिशिर उजाड,पोखरा । संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा...

    अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा काँग्रेसको अभियान

    पोखरा । कास्कीको अन्नपूर्ण गाँउ पालिका वडा नं. २ मा नेपाली काँग्रेसको एक सय दिने...

    पोखरामा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव

    पोखरा । पोखराको नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा भोलिबाट राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव...

    पोखरामा कांग्रेसको महानगरका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी

    काठमाडौं। नेपाली कांग्रेस कास्कीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ र प्रमुख प्रशासकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं