SuchanaKendra

  • Radio Kushum


    सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/१८ गते
    ६३० &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं, । मिर्गौलाले काम गर्न छाडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार अब कसरी गर्ने भन्नेबारे आइतबार पनि टुंगो लागेन ।अघिल्लो साता सुरु गरिएको डायलाइसिसलाई नै निरन्तरता दिने कि नयाँ मिर्गौला प्रत्यारोपण गर्ने भन्नेबारे प्रधानमन्त्रीले चिकित्सकहरूसँग परामर्श जारी राखेका छन् ।

    सत्तारूढ नेकपाका स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको उपचार पद्धति टुंगो लागिनसकेको बताए । ‘अहिले उहाँले डायलाइसिस नै गरिरहनुभएको छ, डायलाइसिस यहाँ सजिलै हुन्छ, अरू विकल्पबारे टुंगो लागिसकेको छैन,’ उनले भने ।

    बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीले निकट वृत्तमा डायलाइसिसभन्दा दोस्रो पटक मिर्गौलाप्रत्यारोपण गर्नेतर्फ आफूले सोचिरहेको बताएकाछन् । यद्यपि वृद्ध उमेरमा पुनः प्रत्यारोपण गर्नु चुनौतीपूर्ण हुने भएकाले त्यसको तुलनामा डायलाइसिस सहज विकल्प हुने सुझाव पनि प्रधानमन्त्रीले पाएका छन् ।

    ‘यो उमेरमा प्रत्यारोपण सफल भएन भने अरू विकल्प बाँकी नरहन पनि सक्छ,’ प्रधानमन्त्रीको स्वास्थ्यलाई नजिकबाट बुझेको स्रोतले उल्लेख गर्‍यो, ‘त्यसैले बरु बालुवाटारमै मेसिनहरू राखेर डायलाइसिस गरिरहनु उचित हुन सक्छ ।’

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले उपचार पद्धतिका विषयमा सबैतिर सरसल्लाह गरिरहेको बताए । ‘नेपालका ३/४ जना डाक्टरले उहाँ (ओली) ले यसअघि उपचार गराएको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालका डाक्टरसँग पनि परामर्श गरिरहनुभएको छ,’ उनले भने, ‘अहिलेहामी भर परेको सिंगापुरको अस्पताल नै हो ।’

    प्रधानमन्त्री सचिवालयका अर्का सदस्यले ओली उपचारका लागि छिट्टै सिंगापुर जाने संकेत गरे । ‘ढिलो–चाँडो सिंगापुर जानु परिहाल्छ । कहिले भन्ने टुंगो लागिसकेको छैन,’ उनले उल्लेख गरे । कान्तिपुर दैनिकले खबर छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    मिटरब्याज पीडितलाई सरकारले छलकपट गरिरहेको छ : प्रदीप पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले मिटरब्याज पीडितहरुलाई सरकारले छलकपट गरिरहेको बताएका छन् ।...

    उपचुनावअघि नै रवि लामिछाने सरकारमा जान खोज्दैछन् ?

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रालय भागबण्डा मिलाउन सकस परेको छ । १० दलीय...

    आर्थिक संकटबाट पार लगाउन नसक्ने भए सिंहदरबार जानुपर्दैन : धनराज गुरुङ

    हेटौंडा । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताएका छन्...

    माओवादी बैठकपछि सचिव पौडेल : पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुन्छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पर्सिसम्म मन्त्रिपरिषद विस्तार हुने बताएका छन् ।...

    अर्थमन्त्रीको प्रस्ताव प्रधानमन्त्री र सभापतिबाट आएको छैन : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई अर्थमन्त्री बन्न कसैले प्रस्ताव नगरेको बताएका छन्...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं