SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/८ गते
    १२९६ &#२३४६;&#२३३५;&#२३२५;

    एजेन्सी ।बिहीबार राति युरोपा लिगको समूह ‘एफ’ को खेलमा आर्सनलले भिटोरियालाई ३–२ गोलअन्तरले पराजित गरेको हो । आर्सनलको जितमा परिवर्तित खेलाडी निकोलस पेपेले दुई गोल गरे । त्यस्तै, मार्टिनेलीले एक गोल गरे । भिटोरियाका लागि इडवार्ड र डुआर्ट डे सिल्भाले समान १–१ गोल गरे ।खेलको आठौं मिनेटमा नै भिटोरियाका लागि इडवार्डले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ३२ औं मिनेटमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई १–१ गोलको बराबरीमा ल्याए । तर ३६औं मिनेटमा सिल्भाले गोल गरेपछि भिटोरिया पहिलो हाफसम्म २–१ गोलअन्तरले अघि रहेको थियो ।खेलको ७५ औं मिनेटमा मैदानमा प्रवेश गरेका पेपेले खेलको ८०औं मिनेटमा गोल गर्दै आर्सनललाई २–२ गोलको बराबरी दिलाएका थिए । अतिरिक्त समयमा फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै पेपेले आर्सनललाई ३–२ गोलको जित दिलाए ।

    त्यस्तै अर्को खेलमा समूह ‘एल’ को खेलमा युनाइटेडले पार्टिजन बेलग्रेडलाई १–० गोल अन्तरले पराजित गरेको हो । युनाइटेडको जितमा एन्थोनी मार्सियलले गोल गरे ।खेलको ४३ औं मिनेटमा युनाइटेडले पाएको पेनाल्टीको सदुपयोग गर्दै मार्सियलले गोल गरे । यो गोलसँगै युनाइटेडले पहिलो हाफसम्म १–० गोलको अग्रता बनाएको थियो । दोस्रो हाफमा पनि आफ्नो अग्रतालाई कायमै राख्दै युनाइटेडले जित निकालेको हो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं