SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/७/७ गते
    १४०३ &#२३४६;&#२३३५;&#२३२५;

    पर्बत कुश्मा ।पर्बत जेसीजले पहिलो पटक आयोजना गरेको पर्वत जिल्ला स्तरीय अन्तर मा.वि. जेसीज कप सेभेन ए साईड रनिङ शिल्ड फुटवल प्रतियोगीता आजबाटसुरु भयो। पर्बतमा भएका विद्यालयका विधार्थीहरु को प्रतिभा प्रस्फुटन गर्ने उद्श्यले जेसीजले उक्त प्रतियोगिता आयोजना गरेको हो।नाकाउट चरणमा खेलाईने खेलमा ११ ओटा विद्यालयले भाग लिएका छन्। ग्रुप ए मा आदर्श अंग्रेजी आबासीय मा.बि, होराइजन आबासीय मा.बि, राष्ट्रिय वाल शिक्षा सदन, शहिद स्मारक आबासीय मा.बि, कालीगण्डकी एकेडेमी रहेका छन् भने ग्रुप बि मा जनकल्याण मा.बि, शिवालय मा.बि, पर्बत गुरुकुल एकेडेमी,आईबल एकेडेमी र देउपुर नमुना आबासीय मा.बि रहेका छन्।

    आज भएको पहिलो खेल मा होराइजन आबासीय मा.बि ले नमुना आबासीय मा.बि लाई ४-१ गोलले पराजित गर्यो भने राष्ट्रिय वाल शिक्षा सदन ०-२ शहिद स्मारक आबासीय मा.बि, जनकल्याण मा.बि २-० शिवालय मा.बि, पर्बत गुरुकुल एकेडेमी १-० आईबल एकेडेमी गोल ले बिजयी भयो।प्रमुख अतिथि सङ्घीय संसद लालकाजी गुरुङले रेफ्री लाई बल हस्तान्तरण गरेर खेल उद्घाटन गर्नु भएको थियो।साथै विशिष्ट अथिति नगर प्रमुख रामचन्द्र जोशी अनि प्याब्सनका अध्यक्ष बलराम शर्मा, जेसीज अध्यक्ष पर्बत क्लब अध्यक्ष शिबप्रसाद सुबेदी र पर्बत जेसीजका पूर्व अध्यक्ष बसन्तकुमार कर्मचार्यलेको पनि कार्यक्रमको बारेमा मन्तब्य र आयोजक जेसीज परिवारलाई शुभकामना दिनु भएको थियो ।

    कार्यकमको अध्यक्षयता पर्बत जेसीज का अध्यक्ष मोहन आचार्यले गर्नु भएको थियो साथै कार्यकमको संचालन जेसी रामु शर्माले गर्नु भएको थियो। कुश्मा ज्ञादी झोलुंगे पुल संगैको खेल मैदानमा संचालन हुने प्रतियोगिताको बिजेताले (२०,०००)बिस हजार रनिंग सिल्ड र प्रमाण पत्र,मेडल र उपविजेताले (१५,०००) पन्ध्र हजार र प्रमाण पत्र,मेडल प्रप्त गर्ने छन् भने खेल ६ गते बाट ८ गते सम्म संचालन हुने कार्यकम संयोजक सुरेन्द्र पौडेल ले सूचनाकेन्द्र डटकम लाई बताउनु भयो।

    प्रतिकृया दिनुहोस्

    Loading...

    निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द

    ढोरपाटन । जिल्लाको निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत् वितरण बन्द भएको छ । निसीखोला...

    विद्यालय खाजामा लगानी बढाउन सरोकारवालाको माग

    काठमाडौँ । पोषणयुक्त खाजा बालबालिकाको सिकाइको निम्ति आधारभूत विषय हो । यसले स्वस्थ शरीर र...

    काँग्रेस महाधिवेशनका लागि पार्टी पदाधिकारीहरु गतिशील हुन आवश्यक छ : नेता महर

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले प्रजातन्त्रको उच्चतम विशेषता...

    प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा आनन्द  रिमाल

    पर्वत । प्रगतिशील लेखक संघ पर्वतको सातौँ जिल्ला अधिबेशन आज सम्पन्न भएको छ। शताब्दी घर...

    आन्तरिक पर्यटनको प्रर्वद्घन गर्दै घार्मीका आमाहरु

    शिशिर उजाड,पोखरा ।पोखरा १९ घार्मीका आमाहरुले आन्तरिक पर्यटन प्रर्वद्घन गर्न, छिमेकी जिल्लामा रहेका महत्वपुर्ण पर्यटकीय...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं