SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/६/२ गते
    ११४४ &#२३४६;&#२३३५;&#२३२५;

    पर्वत/नेत्रबिक्रम चन्द समुहका पर्वत जिल्ला सेक्रेटरी भिमबहादुर मल्ल(अल्र्बट) नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन ।
    नेकपाको केन्द्रिय कार्यालय काठमाण्डौमा आयोजित एक कार्यक्रमका बिच मल्ल र नेकपाका जिल्ला सदस्य तथा जलजला इन्र्चाज धनञ्जय मल्ल नेकपामा प्रबेश गरेका हुन ।

    नेकपाका महासचिब बिष्णु पौडेलले अल्र्बटलाई टिका तथा खादा लगाएर नेकपामा स्वागत गर्नुभयो । मल्ल पर्वत जिल्लामा बिप्लब समुहको लामो समय सम्म सेक्रेटरी र इन्र्चाज भएर काम गर्नुभएको थियो । छिमेकी बागलुङ्गको जैमिनी नगरपालिकाका बासिन्दा मल्ल यसअघि पटक पटक प्रहरीबाट प्रकाउ परि रिहा समेत हुनुभएको थियो ।

    शसस्त्र आन्दोलनले नेपालमा राजनैतिक परिर्वतन असंभब भएको र शान्तिपुर्ण आन्दोलनबाटै समाजबादमा पुग्न सकिने भएकाले बिप्लब समुह परित्याग गरेको बताउनुभयो । उहाँले बिप्लब समुहको आन्दोलनबाट देश र जनताको मुक्ति असंभब भएका ठहर गरेर धेरै नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने मनस्थितिमा पुगेको र नेकपाले नेपालको कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पु¥याउन सक्ने बिश्वास पनि ब्यक्त गर्नुभयो ।

    मल्ललाई स्वागत गर्दै नेकपाका महासचिब बिष्णु पौडेलले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकिकृत गरेर अबको ५० बर्ष कम्युनिष्ट पार्टीले नै शासन सत्ता सञ्चालन गर्न आबश्यक भएको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकारका लोकप्रिय कार्यक्रमबाट अत्तालिएर प्रपोगण्डा फैलाउने प्रयास भएको भन्दै त्यसका बिरुद्ध लडेर लड्न कार्यकर्तालाई निर्देशन दिनुभयो ।

    उक्तअवसरमा नेकपाका केन्द्रिय सदस्य तथा पर्वत इन्र्चाज गुप्तबहादुर हमाल ठकुरीले कम्युनिष्ट पार्टीहरुको एकताबाट मात्रै समाजबादको लक्ष्य हासिल हुन सक्ने भएकाले बाटो बिराएका सबै नेता कार्यकर्ताहरुलाई मुलधारमा र्फकन आग्रह गर्नुभयो ।नेकपाका अर्का केन्द्रिय सदस्य बिजय गुरुङ्गले नेकपाको सरकारलाई बद्नाम बनाउन खोज्नेहरु आफै समाप्त हुन्छन भन्नुभयो । प्रतिनिधीसभा सदस्य तथा नेकपा पर्वतका अध्यक्ष पदम गिरीले बिरोधीहरुको दिवा सपना चकनाचुर हुने अबस्था आएको बताउँदै कम्युनिष्ट पार्टी एकढिक्का भएर अगाडी बढ्दा कसैले पनि प्रतिरोध गर्न सक्ने क्षमता राख्दैनन भन्नुभयो । नेकपा पर्वतका सचिब सुदिप कुवँर, जिल्ला कार्यलय सदस्य गोबिन्द पहाडीले पनि इन्र्चाज मल्लको प्रबेशले पार्टी अझै बलियो र गतिशिल बन्ने बिश्वास ब्यक्त गर्नुभयो ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    संबृद्धिको दुई आश्रमलाई खाद्यान्न सहयोग

    पोखरा।संबृद्धि बचत तथा ऋण सहकारी संस्थाले दशौं स्थापना दिवशको अवसरमा आईतबार पोखरा महानगरपालिका वडा नं....

    गायक कृष्ण सुवेदीको ‘पीर परेर आएको बेलामा ‘ सार्वजनिक, चर्चा जता ततै

    पर्वत । चर्चित गायक तथा संगीतकार कृष्ण सुवेदीको नयाँ लोकदोहोरी गीत ‘पीर परेर आएको बेलामा...

    महिला लघुवित्तद्वारा कालिका माविमा वित्तीय साक्षरता

    पोखरा । पोखरा–३३, आँपुभन्ज्याङस्थित कालिका माविमा सोमवार वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महिला...

    गण्डकीका मुख्यमन्त्री र युएनडिपीका निर्देशकविच भेटवार्ता

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र युएनडिपीका एसिया तथा प्रशान्त क्षेत्रका उपक्षेत्रीय निर्देशक...

    पर्वतमा एसइईको तयारी पुरा, एक हजार आठ सय १४ विद्यार्थी सहभागी हुदै

    पर्वत । यस वर्षको एसइई परिक्षा आगामी बिहीवारदेखि संचालन हुँदै छ । पर्वतमा एसईईको सम्पुर्ण...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं