SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/३१ गते
    ५५२ &#२३४६;&#२३३५;&#२३२५;

    काठमाडौं,। पक्राउ परेदेखि नै बिरामी भएको भन्दै गृहमन्त्रीका साहिँला भाइ नरेशकुमार थापा बसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएर बसेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को आफ्नै हिरासत भए पनि चिकित्सको ‘प्रेप्सकिप्सन’ ल्याएर उनी सो अस्पतालमा भर्ना भएका हुन्। ‘केही दिनदेखि उहाँ हाम्रो अस्पतालमा उपचारका लागि आउनुभएको छ,’ अस्पताल स्रोतले भन्यो, ‘उहाँको उपचार भइरहेको छ।’

    ब्युरो स्रोतका अनुसार गत बुधबारदेखि नै थापा बिरामी भएको बहानामा अस्पताल भर्ना भएका हुन्। उनले त्यहाँ एउटा क्याबिन रुम लिएका छन्। मंगलबार सिआइबीले बयानका लागि कार्यालयमा बोलाएपछि आफैं गएका थापा त्यहाँ एक रात मात्रै बसेका थिए। त्यसपछि यता अस्पताललाई नै उनले ‘हिरासत’ बनाउँदै आइरहेका छन्। ब्युरो प्रमुख डिआइजी निरजकुमार शाहीले पनि थापा अस्पतालमा भएको पुष्टि गरे।

    ‘बिरामी भएपछि उहाँ मात्र होइन, अरू पनि अस्पताल भर्ना हुन्छन्। बिरामी हुने कुरा प्रहरीको वशमा नरहने भएकाले चिकित्सकले जे भन्छन्, त्यही नै गर्ने हो। अस्पतालमा हाम्रा सुरक्षाकर्मी भने हुन्छन्,’ उनले भने, ‘यो सामान्य प्रक्रिया हो। बिरामी भएपछि जाँच गराउन लानुपर्छ। चिकित्सकले अस्पतालमै राखेर उपचार गर्नुपर्छ भन्यो भने हामीले सुरक्षा दिनेबाहेक अर्को उपाय हुन्न।’ अदालतको आदेशमै उनलाई न्यायिक हिरासतमा राखेको जनाइएको छ।

    प्रहरीले उनलाई अस्पतालबाटै बयानका लागि बिहीबारदेखि काठमाडौ जिल्ला अदालतमा लैजाने गरेको छ। बिहीबार उनी मुखमा ‘मेडिकल मास्क’ लगाएर अदालत गएका थिए। बिहीबार उनलाई ३ बजेसम्म इजलास नं. ४ मा उपस्थित गराइएको थियो। आइतबार पनि प्रहरीले उनलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। सोमबार १२ बजे मात्रै उनको बयान भएको थियो।

    उनले करिब एक घण्टा इजलासमा सरकारी वकिलले उठाएको प्रश्नको जवाफ दिएका थिए। उनीलगायत आपराधिक लाभ तथा संगठित अपराधमा पक्राउ परेका अन्य सातजनाकै बयान सकिएपछि सोमबारबाटै थुनछेक बहस सुरु भएको छ। थुनछेकको बहस मंगलबार पनि जारी रहने अदालतले जनाएको नागरिक दैनिकले समाचार छापेकाे छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    परिवारलाई थाहा नै नदिई दुई महिनाअघि मात्रै भिजिट भिसामा रुस पुगेका थिए राजकुमार

    काठमाडौँ | दोलखाको मेलुङ गाउँपालिका–६ सुनारपानीका राजकुमार रोक्का भिजिट भिसामा रुस पुगेको दुई महिना मात्रै...

      Loading…

      फेसबुकमा हामीलाई लाईक गरौं