अजय मिश्र, कृष्णनगर, कपिलवस्तु । कपिलवस्तु जिल्लाको सशस्त्र प्रहरी बल कृष्णनगरबाट सशस्त्र प्रहरी निरिक्षक संगीत भट्टको कमाण्ड मा खटिएको मोबाइल टोली ले कृष्णनगर नगरपालिका वडा नं ३ मा भारत बाट नेपाल तर्फ झोला बोकी आउदै गरेका व्यक्तिले खटिएको उक्त मोबाइल टोली लाइ देख्न साथ झोला फालेर भारत तर्फ भागि गएको र उक्त झोला चेक जांच गर्दा (sentivin-1) ३०० पत्ता जम्मा ३००० गोटा र (Zensolin ) ३०० पत्ता जम्मा ३००० गोटा अबैध औषधी बरामद गरि आज सशस्त्र प्रहरी बल कृष्णनगर को प्रांगण मा सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधि, पत्रकार, नेपाल प्रहरी का प्रतिनिधि र कृष्णनगर स्वास्थ्य चौकीका हेल्थ अस्टिटेंट सिराजु अन्सारी लगायत को उपस्थिती मा नष्ट गरिएको छ। उक्त औषधी को अनुमानित मुल्य १,५०,०००-/ एक लाख पचास हजार पर्ने कुरा सशस्त्र प्रहरी बल कृष्णनगर नं ३९ का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुशील कुमार शाही ले जानकारी दिए।
सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२७ गते
गण्डकी प्रदेश टेबुलटेनिस संघको अध्यक्षमा जोशी
पोखरा । गण्डकी प्रदेश टेबुलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय...
गुप्तेश्वर र शिवालय क्याम्पस मर्ज,अब कुश्मा बहुमुखी क्याम्पसको नाममा सञ्चालन हुने
पर्वत । सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् ।...
आजदेखि पोखरामा दाइँ महोत्सव
कास्की । पोखरामा आजदेखि दाइँ महोत्सव हुने भएको छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा...
संरक्षण आमा समूहद्वारा आमाहरु सम्मानित
शिशिर ,पोखरा । पोखराको बाटुलेचौरस्थित संरक्षण आमा समूहले, समूहको विकास र उन्नयनमा भुमिका खेल्ने आमाहरूलाई...
कास्की जिल्ला अदालतको जीबी राईको राहदानी रद्द गर्न आदेश
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुख्य अभियुक्त भनिएका गितेन्द्रबाबु (जीबी) राईको राहदानी रद्द...
- हजारौ दर्शक बिच जब लोकदोहोरी गायक अखेलीले भिर्ने झोलामा भन्दै गित गाए,सडक महोत्सवको महोल नै फेरियो
- विन्ध्यवासिनी माविको ७८औं वार्षिकोत्सव सम्पन्न
- पर्वतको कुश्मामा रहेको ‘द क्लिफ’मा साहसिक खेल ‘मेगाट्रोल’ को सफल परीक्षण
- लेखनाथ महोत्सवमा शनिबार दर्शकको भिड, १ करोडको कारोबार
- वैकल्पिक तीन वटा बाटो प्रयोग गरेर खुलाइँदैछ पूर्व–पश्चिम राजमार्ग
- विन्ध्यवासिनी माविमा रक्तदान हुने
- खाना पकाउने ग्याँस आगलागी हुँदा पर्वतको पिपलटारीमा एकको मृत्यु
- कुश्मामा तेस्रो राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु,२५ विद्यालय भिड्दै
- पर्वतका सुचना अधिकारी र पत्रकार बीच अन्तरक्रिया
- देउपुरमा ज्येष्ठ कम्युनिष्टहरुलाई एमालेद्धारा सम्मान