SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०७६/५/२६ गते
    २४३६ &#२३४६;&#२३३५;&#२३२५;

    बाग्लुङ । बाग्लुङ नगरपालिका १२ अमलाचौर सतिपोखरामा जन्मेर केही बर्ष यता पर्वतको कुश्मामा रही ज्योतिष पेशाबाट जनताको मन जितेर प्रतिष्ठा र नाम कमाउन सफल ज्योतिषी सूर्य पौडेलको पुस्तक ‘ज्योतिष चिन्तामणि’ प्रकाशमा आएको छ ।

    ज्योतिषी पौडेलले आफूले बाल्यकालदेखि पढेको, पढाएको र मानवीय जीवनमा घटेका घटनाको अनुभवको आधारमा लेखिएको पुस्तकको सम्पादन स्वयं आफैले गर्नुभएको छ ।

    ज्योतिष क्षेत्रमा रुचि राख्ने साधरण जनदेखि ज्योतिषशास्त्रका विद्यार्थी अनि ज्योतिष विज्ञहरुलाई समेत उपयोगमा आओस भन्ने हेतुले अनगिन्ती मेहनतसहित वर्षौ लगाएर लेखिएको यस व्यवहारोपयोगी पुस्तकमा परमाणुदेखि युगौसम्मको समय ज्ञान, पञ्चाङ्ग परिचय, मुहूर्तसम्बन्धी सम्पूर्ण जानकारी, व्यवहारीक शरीरमा हुने विविध दृष्यात्मक तथा अदृष्यात्मक तत्वहरु, बच्चाको जन्मसम्बन्धी सम्पूर्ण कुराहरु, देशान्तर, अक्षांश तथा अन्तर्राष्ट्रिय तिथिरेखा ज्ञान, सरल भाषामा राशि नक्षत्र परिचय, राशिअनुसार शुभ र अशुभपक्ष ज्ञान, चन्द्रमासहित सबै ग्रहको ग्रहस्पष्ट, लग्नकुण्डली, चन्द्रकुण्डली, होराकुण्डली, द्रेष्काणकुण्डली, नवांशकुण्डली, द्वादशांशकुण्डली, त्रिशांशकुण्डली, सप्तमांशकुण्डली, चतुर्थांशकुण्डली निर्माण विधिसहित सबै कुण्डलीबाट फलादेश गरिने विषयहरु, कुण्डलीको १२ भावमा नवै ग्रहको फलादेश एवं शान्ति उपाय, रत्नधारण नियम, विवाहसम्बन्धी, सन्तानसम्बन्धी, जागिर तथा व्यापारसम्बन्धी, रोग तथा दुर्घटनासम्बन्धी सम्पूर्ण योगहरु लगायत सुखद विवाहका लागि वैवाहिक मेलापक रीति सरलीकृत भाषमा उपस्थापित छन् ।

    कुश्मा बजारमा गुरुकुल ट्युसनको रुपमा ज्योतिषशास्त्र पढाउने र व्यवशायीक ज्योतिष अफिस सञ्चालन गरिरहनु भएका ज्योतिषी सूर्य पौडेलले ज्योतिषशास्त्र सिक्दै गरेका बालबालिकादेखि समाजमा स्थापित भइसकेका व्यवसायीक ज्योतिषीहरुलाई शास्त्रीय सिद्धान्तमा रही कुण्डलीहरु निर्माण गर्न, कुण्डलीहरु फलादेश गर्न, विवाहमा केटाकेटीको कुण्डली मिलान गर्न र अरु विविध विषयको ज्ञान आर्जन गर्न अरु धेरै पुस्तकको सहारा लिन नपरोस भन्ने उद्देश्य लिएर यस पुस्तकको रचना गरिएको जानकारी दिनु भएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    भुटानी शरणार्थी प्रकरण,टोपबहादुर रायमाझी सहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी सहित ९ जनालाई...

    ५ वर्ष नवीकरण नभए गण्डकी प्रदेशमामा गाडी नै जफत

    पोखरा । गण्डकी प्रदेशमा दर्ता भएर नवीकरण नै नभएका सवारी साधनको संख्या ३० हजार पुगेको...

    ५० हजार एकमुस्ट भूकम्प प्रभावितलाई दिन सकिँदैन : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जाजरकोट र रुकुमपश्चिमका भूकम्प पीडितलाई अस्थायी आवास बनाउन...

    २२ गतेदेखि आठौं पर्वतीय महोत्वस, यसवर्ष ५ दिन मनाइने

    पोखरा । नेपाल पर्वतारोहण संघले बर्सेनि गर्दै आइरहेको पर्वतीय महोत्सव यस वर्ष ५ दिन हुने...

    यज्ञ सापकोटाको लयमा सुरज अगस्ती धुर्व रेग्मी लक्ष्मी खड्काको चिसो हावाले..

    सुमन ढकाल,काठमाण्डौ। चिसो हावाले’ बोलको गीत अकला देवी म्युजिकबाट युट्युबमा विश्वभर सार्वजनिक भएको छ ।...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं